भारतले गर्‍यो विदेशीलाई यात्रामा प्रतिबन्ध, नेपालीलाई कुनै असर नपर्ने « Khabarhub

भारतले गर्‍यो विदेशीलाई यात्रामा प्रतिबन्ध, नेपालीलाई कुनै असर नपर्ने


२९ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसको संक्रमण फैलिएपछि भारतले विदेशी नागरिकलाई यात्रामा प्रतिबन्ध लगाउने तयारी गरेको छ । भारतको विदेशीलाई यात्रामा प्रतिबन्ध लगाउने तयारीले नेपालीलाई भने कुनै असर गर्ने छैन् ।

कोरोना भाइरसको त्रास बढ्न थालेपछि भारतले विशेष सावधानीसहित विदेशीको यात्रामा प्रतिबन्धको तयारी थालेको हो । यो तयारी अन्तर्गत भारतले घुम्न आउने अन्य देशका नागरिकको विशेष निगरानी गर्ने भएको छ ।

त्यसका लागि भारतले सीमा नाकामा परीक्षण गर्ने तयारी गरेको छ । अन्य देशका नागरिकलाई भारत प्रवेशमा कडा निगरानी गरिएपनि त्यसले नेपालीलाई कुनै असर नगर्ने नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।

दूतावासका अनुसार भारतको पछिल्लो कदमले अन्य देशका नागरिक रोकिएपनि भारत जाने नेपालीलाई कुनै प्रभाव पार्नेछैन् ।

स्वस्थ नेपाली भारतमा निर्वाध जान पाउने भएपनि सीमानामा स्वास्थ्य परीक्षण गरिने र कोरोनाको लक्षण देखिएमा फिर्ता पठाइने दूताबासले जनाएको छ।

यसैबीच भारतले बुधवार विश्वका सबै देशका लागि जारी गरिएको भिसा रद्द गरेको छ । यो भिसा १५ अप्रिल सम्मको लागि रद्द गरिएको हो । तर भारत फर्कन चाहनेले स्क्रीनिङ गरेर १४ दिन सम्म निगरानीमा बस्नु पर्नेछ ।

स्वास्थ्य मन्त्रालयद्वारा जारी गरिएको एडवाइजरीमा १३ मार्च सम्मका लागि जारी भिसा रद्द गरिएको जानकारी गराइएको छ ।

तर संयुक्त राष्ट्र संघका अधिकारी, डिप्लोम्याटलगायतका सरकारी अधिकारीलाई प्रवेश दिइनेछ ।

जो व्यक्ति अहिले भारतमा छन् उनीहरुको भिसा जारी रहने छ । चीन इटली इरान कोरिया स्पेन जर्मनीसहित अन्य सबै देशको यात्रा गरेर फेर्किएका भारतीयको स्क्रीनिङ जाँच हुने र उनीहरुलाई १४ दिनसम्म निगरानीमा राखिने छ ।

भारतमा कोरोना भाइरसका ६० केस आएका छन् । जबकी विदेशबाट आउनेवाला लगभग १० लाख भन्दा धेरैको स्क्रीनिङ गरिएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहीबार  १२ : ४९ बजे

करको दर पुनरावलोकन गरी पेट्रोलियम पदार्थको मूल्य घटाउन कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले पेट्रोलियम पदार्थको मूल्य अत्यधिक बढेको भन्दै

निजी सञ्चार माध्यममा विज्ञापन रोक्ने निर्णयमा कांग्रेसको आपत्ति

काठमाडौँ – निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र

प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन गर्न कांग्रेसको माग

काठमाडौँ – नेपाली कांग्रेसले प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन गर्न

कैलालीमा छतबाट खसेर प्रहरी कार्यालयका सहयोगीको मृत्यु

कैलाली – भान्साको माथिल्लो तलाबाट खसेर सुदूरपश्चिम प्रदेश प्रहरी गण

पेट्रोलियम पदार्थको मूल्य घटाउन कांग्रेसको माग

काठमाडौं – नेपाली कांग्रेसले पेट्रोलियम पदार्थको बढ्दो मूल्यका कारण जनजीवनमा