वुहानकी डाक्टर फेनले चीन सरकारविरुद्ध आक्रोसित हुँदै भनिन् : कोरोनाबारे जानकारी दिँदा चुप लाग भनियो « Khabarhub

वुहानकी डाक्टर फेनले चीन सरकारविरुद्ध आक्रोसित हुँदै भनिन् : कोरोनाबारे जानकारी दिँदा चुप लाग भनियो


२९ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वभर कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिएको छ । यसको संक्रमण फैलिरहँदा कोरोना भाइरसको उद्गमस्थल मानिएको वुहानकी एक डाक्टरले भने चीन सरकारले आफूहरुलाई कोरोनाबारे बोल्नै नदिएको आरोप लगाएकी छन् ।

चीन सरकारको व्यवहारप्रति असन्तुष्टि जनाउँदै उनले आफूहरुले यो भाइरस प्राणघातक भएको र निकै तीव्र रुपमा फैलिने थाहा पाइसकेको अवस्थामा चीन सरकार र अधिकारीहरुले आफूहरुलाई यस विषयमा केही नबोल्न निर्देशन दिएको आरोप लगाएकी छिन् ।

उनले यदि त्यतिबेलै सरकार र अधिकारीहरुले आफूहरुको कुरा सुनेको भए यो भाइरस यसरी महामारीको रुपमा नफैलिने दावी गरेकी छिन् ।

वुहानबाट फैलिएको कोरोनाभाइरसको संक्रमण अहिले विश्वका २४ देशमा पुगेको छ । अहिलेसम्म कोरोना संक्रमणबाट ४ हजार ६ सय ३५ जनाले ज्यान गुमाएका छन् ।

वुहानमा जुन डाक्टरले सबैभन्दा पहिले यो भाइरस पत्ता लगाएका थिए उनको मृत्यु भइसकेको छ । वुहानकी डाक्टर आइ फेनले भनिन् ‘मेरा कैयौं साथी यो रोगका बिरामीको उपचार गर्दागर्दै मरे । तर, डिसेम्बरमा जब हामीले यो भाइरसको बारेमा सरकारी अधिकारीहरुलाई बताउँदा हामीलाई चुप लाग्न भनियो ।’

डाक्टर आइ फेनले चीनको म्यागजिन रेनवुलाई दिएको अन्तरवार्तालाई उद्धृत गर्दै द गार्डियनले लेखेअनुसार डाक्टरहरुलाई यो भाइरसबारे कसैलाई बताए गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिइएको थियो ।

डा. फेन वुहान सेन्ट्रल हस्पिटलको आकस्मिक विभागकी निर्देशक हुन् । यो भाइरसको विषयलाई सामाजिक सञ्जालमा उठाउने डा. फेनका सहकर्मी डा. ली वेनलियांग अहिले जेलमा छन् । डा. फेनले भनिन् ‘यदि मलाई यो भाइरसले यति धेरै मानिसको ज्यान लिन्छ भन्ने त्यतिबेलै थाहा भएको भए म चुप बस्दिनथें । म विश्वभर यो कुरा सबैलाई बताउँथें । जुन माध्यमले मिल्छ म यो जानकारी सबैलाई दिन्थें चाहे कसैले मलाई जेलमा नै किन नहालोस् ।’

डा. फेनको यो अन्तरवार्ता रेनवुले आफ्नो वेबसाइटबाट हटाइसकेको छ । चीनका सामाजिक सञ्जालबाट पनि डा. फेनको अन्तरवार्ता हटाइएको छ । तर, केही चिनियाँ नागरिकले यो अन्तरवार्ताको स्क्रिनसट लिएका थिए । अब डा. फेनको अन्तरवार्ता इमोजी र मोर्स कोडमा बदलेर सामाजिक सञ्जालमा भाइरल गराइँदैछ । यसलाई निर्माता टोनी लिनले पनि आफ्नो ट्वीटरमा शेयर गरेका छन् ।

डा. फेनका अनुसार ३० डिसेम्बरका दिन उनीकहाँ कैयौं बिरामीहरु उस्तै किसिमका लक्षणको साथमा आएका थिए । उनीहरुको नमूना ल्याबमा परीक्षण गर्दा उनीहरुमा भएको भाइरस सार्स कोरोनाभाइरसजस्तै भएको पाइएको थियो ।

डा. फेनले रिपोर्टको फोटो खिचेर आफ्ना बरिष्ठ र सरकारी अधिकारीहरुलाई पठाइन् । बेलुकासम्म त्यो रिपोर्ट वुहानका सबै डाक्टरसम्म पुग्यो । डा. ली वेनलियांगले यसलाई सामाजिक सञ्जालमा राखेर विश्वलाई नयाँ कोरोनाभाइर फैलिइरहेको जानकारी दिए ।

त्यही राति डा. फेनलाई यो नयाँ भाइरसको बारेमा कसैलाई नबताउन निर्देशनसहित अस्पताल प्रबन्धनको सन्देश आयो । दुई दिनपछि उनलाई धम्की दिइयो कि यसको बारेमा कसैलाई केही बताए परिणाम निकै नराम्रो हुनेछ ।

डा. फेनले सबै सरकारी अधिकारी र अस्पताल प्रबन्धनलाई सम्झाउने कोसिस गरिन् तर कसैले उनको कुरा सुनेनन् । २१ जनवरीसम्म इमरजेन्सी विभागमा हरेक दिन १५२३ बिरामी आउन थालेका थिए ।

डा. फेनले भनिन् ‘म त्यो दिन भुल्न सक्दिन जब एक बिरामी छोराको मृत्युपछि डाक्टर उनका पितालाई मृत्यु प्रमाणपत्र दिइरहेका थिए र ती वृद्ध डाक्टरतिर एकटक हेरिरहेका थिए ।’

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहीबार  १ : ३६ बजे

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र