जमघटमा सहभागी नहुन सर्वसाधारणलाई आह्वान गर्न स्थानीय तहलाई सरकारको आग्रह « Khabarhub

जमघटमा सहभागी नहुन सर्वसाधारणलाई आह्वान गर्न स्थानीय तहलाई सरकारको आग्रह


२९ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मुलुकका सबै ७५३ स्थानीय तहलाई ठूला जमघट हुने खालका सामाजिक कार्य भोज, उत्सव एवं पर्वमा सहभागी नहुन सर्वसाधारणलाई आह्वान गर्न अनुरोध गरेको छ ।

मन्त्रालयले सबै स्थानीय तहलाई कोभिड–१९ को सङ्क्रमण रोक्नका लागि ११ बुँदे ध्यानाकर्षण पत्र पठाउँदै ठूला जमघटका कार्यक्रममा सर्वसाधारणलाई सहभागी नहुन अनुरोध गर्न आग्रह गरेको मन्त्रालयका सहसचिव वसन्त अधिकारीले जानकारी दिए ।

मन्त्रालयले मानिसको ठूलो जमघट हुने सिनेमा हल, बसपार्क, पार्टीप्यालेस तथा सामूहिक बसोबास हुने अपार्टमेन्ट जस्ता स्थानमा स्वास्थ्यकर्मी टोली खटाई समयसमयमा परीक्षण गर्ने व्यवस्था मिलाउनेसमेत स्थानीय तहलाई आग्रह गरेको छ ।

मन्त्रालयले कोभिड–१९ को सङ्क्रमण नियन्त्रणमा नआएसम्म नेपाल प्रवेश गर्ने मुख्य सीमानाकामा उच्च सतर्कता अपनाई नेपाल प्रवेश गर्ने सबै यात्रुको स्वास्थ्य जाँच/स्क्रिनिङको कार्यलाई प्रभावकारी गर्न निर्देशन दिएको छ ।

स्थानीय तहमा रहेका सबै अस्पताल, स्वास्थ्य केन्द्रमा उपलब्ध क्षमतालाई ध्यानमा राखी आकस्मिक अवस्थामा प्रयोग गर्न सकिने गरी आवश्यकमात्रामा छुट्टै श्ययाको व्यवस्था मिलाउन, बिरामीको प्रारम्भिक जाँच, परीक्षण गर्ने र सघन जाँच परीक्षण गर्नुपर्ने देखिएमा प्रादेशिक तथा केन्द्रीय अस्पतालमा रिफर गरी व्यवस्था मिलाउनसमेत अनुरोध गरेको छ ।

मन्त्रालयले सबै स्थानीय तहलाई कोभिड–१९ को सङ्क्रमण, यसको रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य सचेतनासम्बन्धी जनहितका सूचना जारी गरी प्रचारप्रसार गर्ने/गराउने, स्यानिटाइजर, मास्क, औषधि एवं अत्यावश्यक सामग्रीलगायत दैनिक उपभोग्य अन्य वस्तुको बजारमा नियमित एवं सहज आपूर्तिको व्यवस्था तथा बजार स्वच्छता कायम राख्न स्थानीय तहबाट सम्बन्धित निकायसँग समन्वय गरी बजार अनुगमन तथा नियमनको कार्यलाई प्रभावकारी बनाउनसमेत आग्रह गरेको छ ।

यस्तै छिमेकी मित्रराष्ट्र भारतसँग जोडिएका मुख्य नाका पशुपतिनगर, काँकरभिट्टा, जोगबनी, जयनगर, रक्सौल, सुनौली, जमुनाह, गड्डाचौकीलगायत ठाउँमा अन्तर्राष्ट्रिय मापदण्डअनुरूप स्वास्थ्य कक्ष स्थापना गरी स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्ने सबै यात्रुको स्वास्थ्य परीक्षण गर्न, सीमावर्ती क्षेत्रमा अत्यावश्यक काममा बाहेक आवतजावत नगर्न नेपाली नागरिकलाई सूचित गर्न मन्त्रालयले स्थानीय तहलाई अनुरोध गरेको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहीबार  २ : २६ बजे

नवजात शिशुको उपचारका क्रममा ज्यान गएको घटनाबारे भेरी अस्पताल अस्पतालको स्पष्टीकरण

काठमाडौं– चिकित्सकको लापरबाहीका कारण समयमै उपचार नपाउँदा नवजात शिशुको मृत्यु

अनलाइन घोटालाविरुद्ध विश्वव्यापी पहल

बैङ्कक– अनलाइन घोटालाको तीव्र फैलावटविरुद्ध अन्तर्राष्ट्रिय स्तरको समन्वित प्रयास अघि बढाउने

जेन-जी आन्दोलनका सात जना घाइतेको वर्गीकरण सिफारिस

चितवन– गत भदौ २३ र २४ गते भएको जेन-जी प्रदर्शनका

ओलीको फोटो राख्दै योगेशको सन्देश : एमालेले संयम् र धैर्यताका साथ अघि बढ्नु पर्छ

काठमाडौं- नेकपा एमालेका नेता योगेश भट्टराई पार्टीको एघारौँ महाधिवेशनमा इतर

कांग्रेसद्वारा प्रत्यक्षतर्फ आठ जनाको नाम सिफारिस

अर्घाखाँची– नेपाली कांग्रेस अर्घाखाँचीले आगामी माघ ११ गते हुने राष्ट्रियसभा