कोरोना फैलिएमा सरकारको योजनाः 'पकेट एरिया लक डाउन’ देखि विमानस्थल बन्दसम्म | Khabarhub Khabarhub

कोरोना फैलिएमा सरकारको योजनाः ‘पकेट एरिया लक डाउन’ देखि विमानस्थल बन्दसम्म


२९ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९(कोरोना भाइरस) रोकथाम तथा नियन्त्रणका योजना, रणनीति तथा क्रियाकलापहरु सार्वजनिक गरेको छ ।

विहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्रालयले कोरोना संक्रमण नेपालमा फैलन नदिन गरिएको तयारीबारे जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले कोरोना भाइरस प्रभावित मुलुकमा नेपालबाट हुने हवाई उडानहरू महामारी को अवधिभर बन्द गर्ने योजना सरकारले बनाएको जानकारी दिए ।

यस्तो छ मन्त्रालयले सार्वजनिक गरेको कोभिड–१९ को संक्रमण फैलिएको अवस्थामा सञ्चालन गर्ने रणनीति र  क्रियाकलाप

सबै अस्पतालमा शंकास्पद बिरामीलाई जाँच गर्न छुट्टै कक्षको व्यवस्था गरिएको

हब तथा स्याटालाइट अस्पतालहरुमा आइसोलेसन वार्डको व्यवस्था गरिएको ।

प्रादेशिक अस्पतालहरुबाट समेत आइसोलेन वार्ड र सघन उपचार कक्षको तथ्यांक अध्यावधिक गरि राखिएको

विरामीहरुको प्रभावकारी व्यवस्थापन गर्न इन्सिडेन्ट कमाण्ड सिस्टम तयारी अवस्थामा राखिएको

आवश्यकता अनुसार प्रयोग गर्न खरिपाटी र नगरकोटको क्वारेन्टाइन स्थललाई यथावत राखिएको

उच्च संक्रमित देशहरुबाट आउने नेपालीहरु साथै नेपालमा विभिन्न आयोजनामा कार्यरत विदेशी नागरिकलाई आवश्यक चेकजाँच गरी होम क्वारेन्टाइनमा रहन निर्देशन दिइएको र अनुगमन भैरहेको ।

भारतसँग जोडिएका सीमावर्ती प्रवेश नाकाहरुमा आपतकालिन अवस्थामा क्वारेन्टाइन गर्न आवश्यक पर्ने स्थान र संरचनाहरुको योजना गरिएको ।

विदेशस्थित कुटनीतिक नियोग तथा दूतावास मार्फत त्यहाँ रहेका नेपालीहरुलाई लक्षित गरी स्वास्थ्य सचेतना सम्बन्धि सूचना प्रभाव गरिएको
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिकरुपमा जनहितका सूचना सहितको स्वास्थ्य बुलेटिन जारी गरिरहेको लगातका रोकथाम तथा नियन्त्रण कार्य भइरहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै मन्त्रालयले नेपालमा कोरोना संक्रमण फैलिएमा के गर्ने भन्ने रणनीतिहरु पनि सार्वजनिक गरेको छ ।

मन्त्रालयले सार्वजनिक गरेको रणनीतिमा उल्लेख गरिए अनुसार ‘पकेट एरिया लक डाउन’ गर्ने जनाएको छ । जसमा बासस्थान, निश्चित समुदाय, बस्ती, गाउँ, टोल, वडा, पालिका, जिल्ला प्रदेश समेत रहने छन् ।

त्यस्तै कोभिड–१९ प्रभावित मुलुकहरुमा नेपालबाट हुने हवाई उडानहरु महामारी अवधिभरको लागि स्थगन गर्ने रणनीति सञ्चालन गरिने मन्त्रालयले जनाएको छ ।

स्थलगत आवागमनका अन्तर्राष्ट्रिय नाकाहरु बन्द गर्ने

अत्यावश्यक सामाग्री वाहेक अन्य वस्तुहरुको आयात–निर्यात महामारी अवधिभर बन्द गर्ने ।

देशभरका सबै अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा संक्रमितको प्रभावकारी उपचारका लागि जनशक्ति, आवश्यक उपकरण र प्रविधिहरुको अधिकतम परिचालन गर्ने योजना बनाइएको मन्त्रालयले जनाएको छ ।

आवश्यक परेमा फिल्ड तथा मोबाइल अस्पतालहरुको स्थापना गरी उपचार गरिने योजना बनाइएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहीबार  ३ : १६ बजे

मनहरी दुर्घटनामा थप एकको मृत्यु

बागमती – पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–६ डिपार्टस्थित सडकमा आज

‘अफ्रिकन स्वाइन फिभर’का कारण ३८ बङ्गुर मरे

कैलाली – ‘अफ्रिकन स्वाइन फिभर’ का कारण कैलालीको घोडाघोडीमा ३८

उदयपुरगढी–चौदण्डीगढी ऐतिहासिक पदयात्रा सम्पन्न

काठमाडौं – राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०३औँ जन्मजयन्ती एवं राष्ट्रिय

जनकपुरमा एक लाख २५ हजार दीप प्रज्जवलन

धनुषा – विश्व हिन्दू परिषद् नेपालले अयोध्यास्थित श्रीराम मन्दिरको वार्षिकोत्सवका

नाइजेरियामा बन्दुकधारीको आक्रमणबाट २१ जनाको मृत्यु

नाइजेरिया – नाइजेरियाको उत्तरपश्चिमी कात्सिना राज्यमा आपराधिक समूहको आक्रमणमा परी