प्रदेश ५ को स्थायी राजधानी कहाँ ? मुख्यमन्त्री पोखरेलले दिए यस्तो जवाफ « Khabarhub

प्रदेश ५ को स्थायी राजधानी कहाँ ? मुख्यमन्त्री पोखरेलले दिए यस्तो जवाफ


२९ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल–  प्रदेश नम्बर ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले प्रदेश राजधानी तोक्ने विषय सबैको साझा जिम्मेवारी भएको बताएका छन् । प्रदेशसभाको बैठकमा आज विशेष सम्बोधन गर्दै उनले सबै ठाउँका नागरिकका आकाङ्क्षा सम्बोधन हुने गरी राजधानीको टुङ्गो लगाउनुपर्ने बताए ।

‘राजधानी प्रदेशसभाले तोक्ने हो, चुनावका बेलामा के भन्नुभयो, त्यो कुरा बिर्सनुस्, यो अधिवेशनबाट टुङ्ग्याउने गरी छलफल गरौँ,’ उनले भने । लुम्बिनी क्षेत्रका नागरिकले राप्ती भेरीको र राप्ती भेरीतर्फका नागरिकले लुम्बिनी क्षेत्रका नागरिकको भावना बुझ्न आवश्यक रहेको बताउँदै उनले आफ्नो ठाउँको कुरा कम गर्न आग्रह गरे ।

मुख्यन्त्री पोखरेलले कृषि, पर्यटन, उद्योग, सामाजिक क्षेत्र तथा पूर्वाधार निर्माणका काम व्यवस्थित तरिकाले अघि बढेको बताए । अहिलेसम्म प्रदेशको कूल बजेटको २८ प्रतिशत खर्च भएको जानकारी गराउँदै उहाँले भएका काम गुणस्तरीय र दिगो बनाउन जरुरी रहेको बताए ।

कमजोरी सुधार गर्न सरकार तयार रहेकाले उहाँले राज्यको सम्पत्तिलाई दुरुपयोग गर्ने अधिकार कसैलाई नरहेको बताए । मुख्यमन्त्री पोखरेलले विकास निर्माणका कामसमेत द्रुत गतिमा अघि बढेको जनाउँदै पौने तीन सयको हाराहारीमा सडक कालोपत्रे भएको बताए । ‘नयाँ संरचनाका बाबजुद केन्द्रीय सरकारसँग प्रतिस्पर्धा गरेर अगाडि बढ्न सक्नु सकारात्मक पक्ष हो,’ उनले भने ।

प्रदेशका कामलाई व्यवस्थित गर्न सूचना प्रविधि प्रतिष्ठान र पूर्वाधार विकास प्राधिकरण गठन गरिएको जानकारी गराउँदै उनले यसले सूचना र पूर्वाधार विकासका क्षेत्रका काम प्रभावकारी हुने विश्वास व्यक्त गरे । उनले आगामी वर्षदेखि एकीकृत प्रणालीअन्तर्गत आफ्नै प्रणालीको व्यवस्था गरेर अगाडि बढ्ने योजना रहेका समेत जानकारी गराए ।

मुख्यमन्त्री पोखरेलले जनशक्ति आपूर्ति गर्ने काममा प्रदेश लोकसेवा आयोगले काम अघि बढाएको बताए । उनले उद्योग, पर्यटन क्षेत्रमा लगानी वृद्धि भएको बताउँदै सिमेन्टमा आत्मनिर्भरतातर्फ अगाडि बढेको बताइ । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन भिडभाडबाट जोगिनसमेत पोखरेलले आमनागरिकलाई अपिल गरे ।

बिहीबारको बैठकमा मुख्यमन्त्री पोखरेलद्वारा प्रस्तुत गरिएको स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधासम्बन्धी कानून संशोधन र एकीकरण गर्न बनेको विधेयक र लोकसेवा आयोगका पदाधिकारीको पारिश्रमिक, सेवा, शर्त र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफलका लागि अर्थ, उद्योग तथा पर्यटन समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको थियो ।

बैठकमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले प्रस्तुत गर्नुभएको वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफलका लागि विधेयकलाई कृषि वन तथा वातावरण समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको थियो ।

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहीबार  ४ : १४ बजे

नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा

वीरगञ्ज– वीरगन्जस्थित नारायणी अस्पतालका चिकित्सकले सामूहिक राजीनामा दिएका छन् ।

लघुवित्त पीडितले थाले आमरण अनसन (तस्बिरहरू)

काठमाडौं– लघुवित्त पीडितले काठमाडौंको माइतीघरमा आमरण अनसन सुरु गरेका छन् ।

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै खाता खोल्ने व्यवस्था 

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता

भरतपुर अस्पतालमा बहिरङ्ग सेवा बन्द : एघार हजार बिरामी प्रभावित

चितवन– नारायणी अस्पताल वीरगञ्जमा कार्यरत चिकित्सकमाथि गम्भीर आक्रमण भएको विरोधमा

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

काठमाडौं– इनड्राइभले ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ कार्यक्रमको पहिलो चरण सम्पन्न