राष्ट्रपति भण्डारीको बंगलादेश भ्रमण स्थगित « Khabarhub

राष्ट्रपति भण्डारीको बंगलादेश भ्रमण स्थगित


२९ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीको बंगलादेश भ्रमण स्थगित भएको छ ।

कोरोना भाइरसको सम्भावित संक्रमणलाई मध्यनजर गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीको बंगलादेश भ्रमण स्थगित गरिएको शीतल निवास स्रोतले जानकारी दिएको छ ।

राष्ट्रपति भण्डारी बंगलादेशका राष्ट्रपति अब्दुल हमिदको निमन्त्रणमा चैत ९ गते पारस्परिक भ्रमणका लागि ढाका जाने कार्यक्रम तय भएको थियो । तर, पछिल्लो समय विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण बंगलादेशमा समेत बढ्दै गएपछि राष्ट्रपति भण्डारीले भ्रमण स्थगित गरेकी हुन् ।

बंगलादेशका संस्थापक नेता (राष्ट्रपिता) मानिने शेख मुजिबुर रहमानको १०० औं जन्मजयन्तिको अवसर पारेर आयोजना हुने कार्यक्रममा सहभागी हुन राष्ट्रपति त्यसतर्फ जाने कार्यक्रम तय भएको थियो । राष्ट्रपति भण्डारीले त्यहाँको संसदलाई सम्बोधन गर्ने कार्यक्रम समेत तय भएको थियो ।

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहीबार  ४ : ३४ बजे

नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा

वीरगञ्ज– वीरगन्जस्थित नारायणी अस्पतालका चिकित्सकले सामूहिक राजीनामा दिएका छन् ।

लघुवित्त पीडितले थाले आमरण अनसन (तस्बिरहरू)

काठमाडौं– लघुवित्त पीडितले काठमाडौंको माइतीघरमा आमरण अनसन सुरु गरेका छन् ।

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै खाता खोल्ने व्यवस्था 

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता

भरतपुर अस्पतालमा बहिरङ्ग सेवा बन्द : एघार हजार बिरामी प्रभावित

चितवन– नारायणी अस्पताल वीरगञ्जमा कार्यरत चिकित्सकमाथि गम्भीर आक्रमण भएको विरोधमा

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

काठमाडौं– इनड्राइभले ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ कार्यक्रमको पहिलो चरण सम्पन्न