आँचल र उदिपले बिहे गरे « Khabarhub

आँचल र उदिपले बिहे गरे


२९ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका आँचल शर्मा प्रेमी उदिप श्रेष्ठसँग विवाह बन्धनमा बाँधिएकी छिन् । झण्डै एक वर्ष लामो प्रेमसम्बन्धलाई यी दुईले विवाहमा परिणत गरेका हुन् ।

‘नाइँ नभन्नू ४’ बाट डेब्यु गर्दै नेपाली फिल्म क्षेत्रमा सक्रिय बनेकी आँचल पछिल्लो समय उदिप श्रेष्ठसँग प्रेममा थिइन् । आज राजधानीमा यो दुई जोडीको भव्य समारोहको आयोजना गरी बिहे भएको हो ।

विवाह समारोहमा सीमित आफन्त र सिनेकर्मीलाई निम्ता गरिएको थियो ।

बुढानीलकण्ठस्थित होटल पार्क भिलेजमा आँचल र उदिपले हिन्दू परम्पराअनुसार बिहे गरे । विवाहका तस्वीर आँचलले सामाजिक सञ्जालमार्फत शेयर गरेकी छिन् ।

फ्यानले आँचल र उदिपलाई बधाई दिएका छन् । आँचलले सामाजिक सञ्जालमार्फत आफ्नो प्रेमसम्बन्धबारे सार्वजनिक गरेकी थिइन् । यी दुईले फागुन १३ गते इङ्गेजमेन्ट गरेका थिए ।

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहीबार  ९ : २२ बजे

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार