घरमै पुगेर कोरोना भाइरसको परीक्षण « Khabarhub

घरमै पुगेर कोरोना भाइरसको परीक्षण


३० चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी- धनगढी उपमहानगरपालिकाले घरमै पुगेर कोरोना भाइरसको जाँच शुरु गरेको छ ।

शुक्रबार वडा नं १२ बाट शुरु गरिएको भाइरसको र्‍यापिड टेस्ट शनिबार वडा नं ६ र ७ मा पनि सम्पन्न भएको छ । उपमहानगरपालिकाले भारतलगायत विभिन्न देशबाट पछिल्लो समय घर फर्किएका ६४१ जनालाई होम क्वारेन्टाइनमा राखेको थियो ।

उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडका अनुसार वडा नं १२ मा ३९, वडा नं ६ मा १९ , वडा नं १३ मा एक, वडा नं ७ मा २० जनाको नमूना परीक्षण गर्न स्वास्थ्यकर्मीहरु घरमै पुगेर गरेका छन् । परीक्षण गरिएकाको रिपार्ट नेगेटिभ भेटिएको छ ।

यसैबीच उपमहानगरपालिकाले हालसम्म लकडाउनका कारण छाक टार्न समस्या भएका ४ हजार एक सय ६७ परिवारलाई खाद्यान्न वितरण गरेको छ ।

पालिकाले सर्वदलीय सहमतिका आधारमा दैनिक ज्यालादारी काम गरेर खाने मजदुर, असहाय, एकल महिला, भाडामा डेरा गरेर बस्ने विद्यार्थीहरुलाई राहत वितरण गरेको हो ।

प्रकाशित मिति : ३० चैत्र २०७६, आइतबार  ९ : ३७ बजे

प्रधानमन्त्रीले प्रमुख दलका नेताहरूलाई बालुवाटार बोलाइन्

काठमाडौं- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आगामी २१ फागुनको निर्वाचन

पर्यटकको आकर्षक गन्तव्य बन्दै खाँचीकोट हिल स्टेसन

अर्घाखाँची- अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका-७ मा खाँचीकोटमा रहेको खाँचीकोट हिल

जाँचबुझ आयोगविरुद्धको रिट खारेज गरिदियो सर्वोच्चले

काठमाडौं- गत भदौ २३ र २४ गतेका घटनाको छानबिन गर्न

सरकारले निर्वाचनको वातावरण बनाएको छ : मन्त्री खरेल

भक्तपुर- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१

सेनाका पूर्वजर्नेल शर्मा बने अन्तरिम सरकारका परराष्ट्रमन्त्री

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छन्। प्रधानमन्त्री कार्कीले