५७ हजार बढीले गरे लकडाउन उल्लंघन « Khabarhub

५७ हजार बढीले गरे लकडाउन उल्लंघन


३० चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले कोरोना संक्रमण रोकथामका लागि जारी गरेको बन्दाबन्दी (लकडाउन)को आदेशको देशभर ५७ हजार बढीले उल्लंघन गरेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार शान्ति सुरक्षा तर्फको कार्य समूहले उपलब्ध गराएको विवरण अनुसार गत चैत ११ गतेदेखि लागू भएको लकडाउनका क्रममा हालसम्म कूल ५७ हजार ३१३ जनाले उल्लंघन गरेको पाइएको छ ।

बिना काम सार्वजनिक स्थानमा गएको र आफूखुसी हिडेकालाई प्रहरीले पक्राउ गरेको हो । ती मध्ये ५७ हजार ३०२ जनालाई केही समय राखेर रिहा गरिएको छ ।

यस्तै ३२ हजार ७२४ वटा सवारी साधन समेत सो अवधिमा नियन्त्रणमा लिइएका छन् । ती सवारीमध्ये २७ हजार ४४२ वटालाई छाडिएको छ ।

प्रवक्ता देवकोटाले लकडाउनको उल्लंघन नगर्न र कानूनको परिपालना गर्न समेत आग्रह गरे ।

सरकारले कोरोना संक्रमणको जोखिम कम गर्न भन्दै पहिलोपटक चैत ११ देखि १८ गतेसम्मका लागि लकडाउनको आदेश जारी गरेको थियो । त्यसपछि चैत २५ र तेस्रो पटक वैशाख ३ गतेसम्मका लागि लकडाउनको म्याद थप गरिएको छ ।

कोरोना संक्रमितहरुको संख्या थपिँदै गएका कारण अझै पनि लकडाउन लम्बिन सक्ने सरकारी अधिकारीहरुको भनाइ छ ।

प्रकाशित मिति : ३० चैत्र २०७६, आइतबार  ४ : ०३ बजे

रहेनन् कांग्रेसका वरिष्ठ नेता गोपालमान 

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ

चिकित्सकहरू थप रणनीति बनाउँदै (तस्बिरहरू)

काठमाडौं– वीरगञ्जस्थित नारायणी अस्पतालमा भएको कुटपिटको विरोधमा आन्दोलनरत चिकित्सक थप रणनीति

जापानमा ७.१ म्याग्निच्युडको भूकम्प पछि सुनामीको चेतावनी

टोकियो- दक्षिण पश्चिमी जापानमा मङ्गलबार ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गए

कप्तानगञ्ज घटना : छानबिन समिति घटनास्थल पुग्यो, प्रशासनमा छलफल जारी

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा भएको घटना छानबिनका लागि गठन भएको समिति

देवानगञ्ज घटनापछि सुनसरी तनावग्रस्त, आगजनी र तोडफोड, घरघरमा पसेर स्थानीयलाई कुटपिट

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार राति भएको हिंसात्मक घटनापछि