५७ हजार बढीले गरे लकडाउन उल्लंघन « Khabarhub

५७ हजार बढीले गरे लकडाउन उल्लंघन


३० चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले कोरोना संक्रमण रोकथामका लागि जारी गरेको बन्दाबन्दी (लकडाउन)को आदेशको देशभर ५७ हजार बढीले उल्लंघन गरेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार शान्ति सुरक्षा तर्फको कार्य समूहले उपलब्ध गराएको विवरण अनुसार गत चैत ११ गतेदेखि लागू भएको लकडाउनका क्रममा हालसम्म कूल ५७ हजार ३१३ जनाले उल्लंघन गरेको पाइएको छ ।

बिना काम सार्वजनिक स्थानमा गएको र आफूखुसी हिडेकालाई प्रहरीले पक्राउ गरेको हो । ती मध्ये ५७ हजार ३०२ जनालाई केही समय राखेर रिहा गरिएको छ ।

यस्तै ३२ हजार ७२४ वटा सवारी साधन समेत सो अवधिमा नियन्त्रणमा लिइएका छन् । ती सवारीमध्ये २७ हजार ४४२ वटालाई छाडिएको छ ।

प्रवक्ता देवकोटाले लकडाउनको उल्लंघन नगर्न र कानूनको परिपालना गर्न समेत आग्रह गरे ।

सरकारले कोरोना संक्रमणको जोखिम कम गर्न भन्दै पहिलोपटक चैत ११ देखि १८ गतेसम्मका लागि लकडाउनको आदेश जारी गरेको थियो । त्यसपछि चैत २५ र तेस्रो पटक वैशाख ३ गतेसम्मका लागि लकडाउनको म्याद थप गरिएको छ ।

कोरोना संक्रमितहरुको संख्या थपिँदै गएका कारण अझै पनि लकडाउन लम्बिन सक्ने सरकारी अधिकारीहरुको भनाइ छ ।

प्रकाशित मिति : ३० चैत्र २०७६, आइतबार  ४ : ०३ बजे

प्रधानमन्त्रीले प्रमुख दलका नेताहरूलाई बालुवाटार बोलाइन्

काठमाडौं- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आगामी २१ फागुनको निर्वाचन

पर्यटकको आकर्षक गन्तव्य बन्दै खाँचीकोट हिल स्टेसन

अर्घाखाँची- अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका-७ मा खाँचीकोटमा रहेको खाँचीकोट हिल

जाँचबुझ आयोगविरुद्धको रिट खारेज गरिदियो सर्वोच्चले

काठमाडौं- गत भदौ २३ र २४ गतेका घटनाको छानबिन गर्न

सरकारले निर्वाचनको वातावरण बनाएको छ : मन्त्री खरेल

भक्तपुर- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१

सेनाका पूर्वजर्नेल शर्मा बने अन्तरिम सरकारका परराष्ट्रमन्त्री

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छन्। प्रधानमन्त्री कार्कीले