वीरगञ्जमा रहेका तीनजना कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य : स्वास्थ्य मन्त्रालय « Khabarhub

वीरगञ्जमा रहेका तीनजना कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य : स्वास्थ्य मन्त्रालय


३० चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–पर्साको  वीरगञ्जमा भेटिएका तीन जना कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले विरगंजमा रहेका तीनै जना कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको बताएका हुन् 

डा देवकोटाका अनुसार तीनै जना संक्रमितको नारायणी अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ । 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हिजो राती भएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको प्रवक्ता डा देवकोटाको भनाइ छ ।

संक्रमितहरु क्रमश ३७,४४ र ५५ वर्षका पुरुषहरु रहेका छन् । सरकारले अहिले विरगंजमा रहेका संक्रमितको सम्पर्कमा आएका व्यक्ति र उनीहरु गएको स्थानको पहिचान गरी कन्ट्रयाक ट्रेसिङको काम शुरु गरिसकेको जनाएको छ । 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा देवकोटाका अनुसार हालसम्म स्वाब थ्रोड (पिसिआर) विधिबाट हालसम्म ५ हजार एक सय ८४ वटा नमूना परीक्षण गरिएको छ ।

पीसीआर विधिबाट गत २४ घण्टामा ७ सय ९५ वटा नमूना परीक्षण गरिएको छ । 

पीसीआर विधिबाट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गत २४ घण्टामा ६ सय २८ वटा परीक्षण भएको छ भने उपत्यका बाहिर १ सय ६७ वटा नमूना परीक्षण भएको छ । 

प्रवक्ता डा देवकोटाका अनुसार कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका ८५ जना बिरामीहरु देशभरका आइसालेसनमा उपचारत छन् । 

उनीहरुमध्ये १५ जना काठमाडौं उपत्यका भित्र रहेका छन् भने ७० जना काठमाडौं बाहिरका अस्पतालको आइसोलेसनमा रहेका छन् ।

यस्तै देशभर ७ हजार ९ सय ७३ जना क्वारेन्टाइमा रहेका छन् ।यस्तै स्वास्थ्य मन्त्रालयको एप्समार्फत आफ्नो लक्षणबारे जानकारी गराउनेको संख्या गत २४ घण्टामा ९ सय ९४ जना रहेको छ ।

उनीहरुमध्ये १७ जनालाई स्वास्थ्य मन्त्रालयले रेड जोनमा राखेको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७६, आइतबार  ४ : ५० बजे

गौरीबहादुर कार्कीलाई सेनाको ब्यारेकमा राख्ने तयारी

काठमाडौं- भदौ २३ र २४ गते भएका घटनाको छानबिनका लागि

इरानी राष्ट्रपतिद्वारा पाकिस्तानी मध्यस्थताको प्रशंसा

तेहरान- इरानका राष्ट्रपति मसुद पेजेश्कियानले अमेरिका र इजरायलसँगको युद्ध रोक्नका

गृहमन्त्री गुरूङ र दुई आईजीपी फेरि छलफलमा जुटे, थप नेताहरू पक्राउ पर्न सक्ने 

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले शनिबार साँझ नेपाल प्रहरी र सशस्त्र

प्रधानमन्त्री शाहलाई नेकपाको बधाई, सरकारको कदमप्रति ध्यानाकर्षण

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र