पर्साका २ जना पत्रकारमा पनि कोरोना संक्रमण, संक्रमितको संख्या अझै बढ्न सक्ने ! | Khabarhub Khabarhub

पर्साका २ जना पत्रकारमा पनि कोरोना संक्रमण, संक्रमितको संख्या अझै बढ्न सक्ने !


३० बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पर्सामा आज (मंगलबार) एकै दिन भेटिएका ३९ जना कोरोना संक्रमितमध्ये केही पत्रकार समेत रहेका खुलेको छ ।

नारायणी अस्पताल वीरगञ्जका डाक्टर उदय नारायण सिंहका अनुसार मंगलबार संक्रमण पुष्टि भएका कोरोना संक्रमितमा पत्रकारहरु समेत रहेका छन् । अस्पताल स्रोतका अनुसार मंगलबार पुष्टि भएका ३९ जनामध्ये अहिलेसम्म २ जना पत्रकारहरु रहेको खुलेको छ ।

‘मंगलबार संक्रमण पुष्टि भएका सबैको विषयमा हामीले डिटेल लिने काम गरीरहेका छौं,’ डा सिंहले खबरहबसँग भने, ‘आज भेटिएका संक्रमितहरुमध्ये पत्रकारहरु पनि हुनुहुन्छ भन्ने कुरा आएको छ, केही समयमा थप जानकारी आउँछ ।’

एकैदिन ३९ जनामा कोरोना संक्रमण देखिएकाले पर्सामा समुदायमा कोरोना संक्रमण फैलिएको अवस्था भएको डा सिंहले बताए । डा सिंहका अनुसार पर्सामा संकलन भएका थ्रोड स्वाब परीक्षणको क्रम अझै जारी रहेको छ । त्यसैले पर्सामा संक्रमितको संख्या अझै बढ्न सक्छ ।

‘आज देखिएको केसलाई हेर्दा कोरोना संक्रमण अब समुदायमा फैलिएको अवस्था हो, आज देखिएका जति नै संक्रमित भोली पनि देखिन सक्छन्,’ डा सिंहले भने, ‘आज त आधा थ्रोट स्वाबको मात्र नतिजा आएको छ, भोली यो भन्दा बढी केस देखिने सम्भावना छ ।’

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर बासुदेव पाण्डे पनि अब नेपालमा कोरोना संक्रमितको संख्या बढ्ने बताउँछन् । उनले भने, ‘भारतका सीमा नाकाबाट आउने जाने क्रम चलिरहेको छ, त्यसैले अब संक्रमित बढ्न सक्छन् ।’

कोरोना समुदायमा फैलिएको हो वा होइन भन्नेबारे भने कन्ट्याक्ट ट्रेसिङको काम सकिए पछि मात्र यकिन हुने उनले बताए ।

‘संक्रमति देखिएका क्षेत्रहरुमा अहिले त्यहाँ रहेका स्वास्थ्यकर्मीहरुले कन्ट्याक्ट ट्रेसिङ गर्दै हुनुहुन्छ,’ डा पाण्डेले भने, ‘संक्रमितलाई कोरोना सर्ने स्रोत थाहा नहुँदा मात्र समुदायमा फैलिएको भन्ने हो । त्यसैले कन्ट्रयाक ट्रेसिङको काम नसकिँदै समुदायमा संक्रमण फैलिएकोभन्न मिल्दैन ।’

अपडेटः यसअघि अस्पताल स्रोतले  कोरोना संक्रमितमध्ये चार जना पत्रकार भएको भनिएकोमा दुई  जना मात्र पत्रकार एकिन हुन आएको हुँदा सच्याइएको छ । – सम्पादक ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  ३ : १६ बजे

प्रधानमन्त्री र कांग्रेस नेताहरुबीच के भयो कुराकानी ?

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज राष्ट्रपति रामचन्द्र पौडेलबाट संसदमा

बिहान ११ बजे नीति तथा कार्यक्रमको रिहर्सल

काठमाडौं –  मंगलबार बिहान ११ बजे संघीय संसद भवनमा नीति

भारतको मुम्बईमा होर्डिङ बोर्डले थिच्दा १४ जनाको मृत्यु, ७४ घाइते

काठमाडौं– भारतको मुम्बईमा एक होर्डिङ बोर्ड ढल्दा कम्तिमा १४ जनाको

बिहारका पूर्व उपमुख्यमन्त्री मोदीको निधन

काठमाडौं – भारतको बिहार राज्यका पूर्व उपमुख्यमन्त्री एवम् भारतीय जनता

एनसेलले २० अर्ब बुझाएर अनुमतिपत्र नवीकरण गर्नुपर्ने

काठमाडौं– दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले यही जेठ १५ गतेभित्र