पर्साका ३९ संक्रमितमध्ये १४ बाग्लुङबाट आएका व्यक्ति, ८ जना यसअघिकै संक्रमितको सम्पर्कमा थिए | Khabarhub Khabarhub

पर्साका ३९ संक्रमितमध्ये १४ बाग्लुङबाट आएका व्यक्ति, ८ जना यसअघिकै संक्रमितको सम्पर्कमा थिए


३० बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– पर्सामा मंगलबार कोरोना भाइरसको संक्रमण पुष्टि भएका ३९ जनामध्ये १४ जना बाग्लुङबाट आएका खुलेको छ ।

उनीहरु १७ दिन अगाडि मात्रै बाग्लुङबाट पर्सा आएका थिए । बाहिर जिल्लाबाट आएका व्यक्तिलाई छिपहरमाई गाउँपालिकाले क्वारेन्टाइनमा राखेको थियो । स्वाब संकलन गरी परीक्षणका लागि काठमाडौं पठाइएकोमा म‌ंगलबार मात्रै उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यस्तै मंगलबार नै संक्रमण पुष्टि भएका पर्साका संक्रमितमध्ये ८ जना पुरुष यसअघि संक्रमित देखिएका १८ जनाको सम्पर्कमा रहेका व्यक्तिहरु भएको पाइएको छ ।

नारायणी अस्पतालका डाक्टर उदय नारायण सिंहका अनुसार वीरगञ्ज महानगरपालीका वडा नम्बर ३ मा बैशाख २१ गते भेटिएका३६ वर्षीया संक्रमित र बैशाख २४ गते संक्रमण पुष्टि भएका उनका १७ जना परिवारका सदस्य सहित १८ जना संक्रमितको सम्पर्कमा आएका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

अस्पतालको आइसोलेसनमा रहेका संक्रमितको कन्ट्रयाक ट्रेसिङ गर्ने क्रममा उनीहरु संक्रमितको नजिक रहेको पाइएपछि कोरोना परीक्षण गर्दा उनीहरुमा पनि संक्रमण पुष्टि भएको डा सिंहले बताए ।

पर्सामा मंगलबार संक्रमण पुष्टि भएका ३९ जनामध्ये ५ जना वीरगञ्ज महानगरपालीका वडा नम्बर २ का ५ जना, वडा नम्बर १६ का ११ जना र वडा नम्बर ४ का एकजना र छिपहरमाई गाउँपालिकाका १४ जना रहेका छन् ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  ८ : ०१ बजे

साफ यु–१७ च्याम्पियनसिप : नेपालको विजयी सुरुवात

काठमाडौं – नेपालले साफ यु–१७ च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ।

‘हामी नेपाल’ले भन्योः कुनै राजनीतिक दलसँग संलग्न छैनौं

काठमाडौं – मानवसेवामा समर्पित संस्था ‘हामी नेपाल’ ले हालै सम्पन्न

आपूर्ति मन्त्रालयले भन्यो : उपभोग्य वस्तुको आपूर्ति सहज छ, अनावश्यक सञ्चित नगर्नू

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दैनिक अत्यावश्यक उपभोग्य

प्रधानमन्त्री नपाएपछि खानेपानी र श्रम मन्त्री अस्वीकार गरेको हर्कको दाबी

काठमाडौं – जेनजी आन्दोलनपछि बनेको नयाँ सरकारले धरान उपमहानगरपालिकाका मेयर

लुटिएका सामग्री फिर्ता गर्न गण्डकी प्रदेशसभा सचिवालयको आग्रह

गण्डकी – ‘जेनजी’ आन्दोलनका क्रममा गण्डकी प्रदेशसभा सचिवालय, सभामुख तथा