पर्साका ३९ संक्रमितमध्ये १४ बाग्लुङबाट आएका व्यक्ति, ८ जना यसअघिकै संक्रमितको सम्पर्कमा थिए « Khabarhub

पर्साका ३९ संक्रमितमध्ये १४ बाग्लुङबाट आएका व्यक्ति, ८ जना यसअघिकै संक्रमितको सम्पर्कमा थिए


३० बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– पर्सामा मंगलबार कोरोना भाइरसको संक्रमण पुष्टि भएका ३९ जनामध्ये १४ जना बाग्लुङबाट आएका खुलेको छ ।

उनीहरु १७ दिन अगाडि मात्रै बाग्लुङबाट पर्सा आएका थिए । बाहिर जिल्लाबाट आएका व्यक्तिलाई छिपहरमाई गाउँपालिकाले क्वारेन्टाइनमा राखेको थियो । स्वाब संकलन गरी परीक्षणका लागि काठमाडौं पठाइएकोमा म‌ंगलबार मात्रै उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यस्तै मंगलबार नै संक्रमण पुष्टि भएका पर्साका संक्रमितमध्ये ८ जना पुरुष यसअघि संक्रमित देखिएका १८ जनाको सम्पर्कमा रहेका व्यक्तिहरु भएको पाइएको छ ।

नारायणी अस्पतालका डाक्टर उदय नारायण सिंहका अनुसार वीरगञ्ज महानगरपालीका वडा नम्बर ३ मा बैशाख २१ गते भेटिएका३६ वर्षीया संक्रमित र बैशाख २४ गते संक्रमण पुष्टि भएका उनका १७ जना परिवारका सदस्य सहित १८ जना संक्रमितको सम्पर्कमा आएका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

अस्पतालको आइसोलेसनमा रहेका संक्रमितको कन्ट्रयाक ट्रेसिङ गर्ने क्रममा उनीहरु संक्रमितको नजिक रहेको पाइएपछि कोरोना परीक्षण गर्दा उनीहरुमा पनि संक्रमण पुष्टि भएको डा सिंहले बताए ।

पर्सामा मंगलबार संक्रमण पुष्टि भएका ३९ जनामध्ये ५ जना वीरगञ्ज महानगरपालीका वडा नम्बर २ का ५ जना, वडा नम्बर १६ का ११ जना र वडा नम्बर ४ का एकजना र छिपहरमाई गाउँपालिकाका १४ जना रहेका छन् ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  ८ : ०१ बजे

पहिरो पीडित परिवारलाई राहत उपलब्ध गराउन कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले यही साउन २७ गते राति रोल्पाको थवाङ–५

मानव शरीर जलन उपचारसम्बन्धी विधेयकमा स्वास्थ्य मन्त्रालयले माग्यो सुझाव

काठमाडौँ- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मानव शरीर जलन (उपचार

प्रचारप्रसारको अभावमा ओझेलमा पर्दै ‘सिद्ध गुफा’

स्याङ्जा – यहाँको धार्मिक आस्थाका रूपमा रहेको सिद्ध गुफाको प्रचारप्रसार

पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति माधव नेपालको आपत्ति

काठमाडौँ । नेकपाका नेता पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पत्रकार किशोर श्रेष्ठलाई

निगमले भन्यो– ग्यास सिलिण्डर अनावश्यक मौज्दात नराख्नू

काठमाडौं । नेपाल आयल निगमले साविकको भन्दा करिब २० प्रतिशत