पाल्पामा रणउजीरेश्वरी भगवती जात्रा मनाइँदै « Khabarhub

पाल्पामा रणउजीरेश्वरी भगवती जात्रा मनाइँदै


२८ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– प्रदेश ५ को पाल्पामा भाद्र कृष्ण नवमीका दिन रणउजीरेश्वरी भगवती जात्रा मनाइँदैछ । मुख्यमन्त्री शंकर पोखरेलले सामाजिक दूरी कायम गरेर जात्रा र पर्व मनाउन आह्वान गरेका छन् ।

विसं. १८७१–७२ को नेपाल–अंग्रेज युद्धका क्रममा नेपाली सेनाका अमर योद्धा उजिरसिंह थापाको नेतृत्वमा जीतगढीमा विजय हासिल भएको थियो । जीतगढीको लडाइँ मोर्चामा आफ्नो पराक्रम साहस र रणकौशलका साथ पाल्पा हुँदै अन्ततः नेपाल कब्जा गर्ने अंग्रेजको योजना उनैले विफल बनाइदिएका थिए ।

कर्णेल उजिरसिंहकै अदम्य साहस र सफलताको खुशीयालीमा विसं १८७७ देखि पाल्पामा हरेक वर्ष भाद्र कृष्ण नवमीका दिन भगवती रथयात्राको आयोजना गरिँदै आएको छ ।

जात्राको दिन आज पाल्पामा सार्वजनिक विदा दिइएको छ । सार्वजनिक विदा यसै वर्ष सुरु भएको हो ।

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले एक सन्देश दिँदै विजयउत्सवको रूपमा मनाइने पाल्पाको रणउजीरेश्वरी भगवती जात्राका अवसरमा सबै नेपाली र पाल्पाली जनसमुदामा बधाई तथा शुभकामना व्यक्त गरेका छन् । उनले अंग्रेज फौजलाई परास्त गरी विजय हासिल गर्ने कर्णेल उजिरसिंह सहित सबै योद्धाप्रति उच्च सम्मान प्रति प्रकट गरेका छन् ।

मुख्यमन्त्री पोखरेलले भनेका छन्, ‘दुई शताब्दीदेखि निरन्तर चलिरहेको जात्राले नयाँ पुस्ताका लागि पुर्खाको वीरता–धीरता गाथाको स्मरण गराउँछ । यस जात्राले हामीलाई राष्ट्रिय स्वाधीनता र राष्ट्रिय हितको बाटोमा हिँड्न प्रेरित गरेको छ ।’

उनले पुर्खाको देशभक्तिको गौरवपूर्ण लडाइँ सम्झिदै हामी त्यही सत्मार्गमा हिँडेर मुलुकको सार्वभौमसत्ताको रक्षा गर्दै अविचलितरूपमा अघि बढौँ भन्ने आह्वान पनि गरेका छन् । ।

मुख्यमन्त्री पोखरेल सामाजिक दूरी कायम गरेर जात्रा र पर्व मनाउन, आफू जोगिन र अरूलाई पनि जोगाउन आह्वान गरेका छन् । उनले भनेका छन्, ‘कोरोना विरुद्धको अभियानलाई सार्थक बनाऔँ । भगवती जात्रा मनाउँदा यस वर्ष विगतमा भन्दा फरक ढंगले सामाजिक दुरी कायम गरी मनाउन म हार्दिक अपील गर्दछु ।’

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  २ : ०१ बजे

पत्रकार किलम्बूलाई ‘हरिलाल–श्रीलक्ष्मी स्मृति’ पत्रकारिता पुरस्कार

भक्तपुर– यस वर्षको ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’ कान्तिपुर टेलिभिजनका पत्रकार

हरिशयनी एकादशीका अवसरमा बूढानीलकण्ठमा भक्तजनको भीड (तस्बिरहरू)

काठमाडौँ– प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको

एक वर्षमा एक लाख २७ हजार बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार

कैलाली– मोबाइल, इमेल र सामाजिक सञ्जालको बढ्दो प्रयोगले परम्परागत हुलाक

बुध्द एयरले थप्यो एटीआर–७२–६०० विमान, कम भिजिबिलिटीमै उडान भर्न सक्ने

काठमाडौँ– बुध्द एयरले एटीआर–७२–६०० विमान भित्र्याएको छ । कम्पनीले जारी

रास्वपाद्वारा सांसद पौडेलमाथि भएको प्रहारको भर्त्सना

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले रौतहट निर्वाचन क्षेत्र