धितोपत्र बजार : नेप्सेमा सामान्य वृद्धि | Khabarhub Khabarhub

धितोपत्र बजार : नेप्सेमा सामान्य वृद्धि


२८ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से १.५१ अङ्कले बढेर एक हजार ४२५.३२ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.०२ अङ्कले बढेर २९७.२९ मा पुगेको छ ।

स्टकका अनुसार आज कूल १८८ कम्पनीका ३० लाख ३२ हजार ३११ कित्ता शेयर रु ९५ करोड १९ लाख ६० हजार २०८ मा खरिदबिक्री भए । आज कारोबार भएका कूल १२ मध्ये छ उपसमूहको शेयर बढेको छ भने छ उपसमूहको शेयर ओरालो लागेको छ ।

बैंकिङ ३.८१ अङ्कले बढ्दा होटल ०.७४, निर्जीवन बीमा ३९.०८, उत्पादन ०.३१, जीवन बीमा ६.७७ र सामूहिक लगानी कोष ०.०९ अङ्कले बढे । यस्तै व्यापार ४.९३ अङ्कले घट्दा विकास बैंक १०.८३, जलविद्युत् ३.३४, वित्त ४.४२, अन्य १.५१ र लघुवित्तको शेयर ६.७४ अङ्कले घटेको छ ।

कारोबार रकमका आधारमा आज युनाइटेड इन्सुरेन्स कम्पनी शीर्षस्थानमा रह्यो । सो कम्पनीका शेयर रु छ करोड २० लाख ७३ हजार ४७९ मा खरिदबिक्री भए ।

यस्तै नेपाल पुनर्बीमा कम्पनी रु छ करोड तीन लाख ८१ कजार ४४४, नेपाल लाइफ इन्सुरेन्स कम्पनी रु चार करोड ७८ हजार २५ लाख ७३८, एनआइसी एसिया बैंक रु तीन करोड ८७ लाख ५० हजार ४६८, अजोड इन्सुरेन्स रु तीन करोड २७ लाख ५६ हजार ३१९, प्रभु इन्सुरेन्स रु तीन करोड छ लाख ९४ हजार ८९९, शिखर इन्सुरेन्स रु तीन करोड एक लाख ९६ हजार ६२७, एसियन लाइफ इन्सुरेन्स कम्पनी रु दुई करोड ६० लाख ११ हजार ३९३, नेपाल बैंक रु दुई करोड ५५ लाख १८ हजार ५२८ र हिमालयन डिष्टिलरीको रु दुई करोड ५२ लाख १५ हजार १०५ मा खरिदबिक्री भई शीर्ष स्थानमा रह्यो ।

आज सबैभन्दा बढी साधना लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९.८९ प्रतिशतले कमाए । यस्तै घलेम्दी हाइड्रोपावर ९.२६, आइएमई जनरल इन्सुरेन्स ३.५६, युनाइटेड इन्सुरेन्स २.९८, नेपाल बङ्गलादेश बैंक २.९६, युनाइटेड फाइनान्स २.६९, प्रभु इन्सुरेन्स २.६३, ओरियन्टल होटल २.६, नाग्दी ग्रुप पावर २.५६ र सानिमा माई हाइड्रोपावरका शेयरधनीले २.१९ प्रतिशतले कमाए ।

युनियन हाइड्रोपावरका शेयरधनीले ६.४५ प्रतिशतले गुमाउँदा आँखुखोला जलविद्युत् कम्पनी ५.५६, नेपाल फाइनान्स ४.३५, गुह्वेश्वरी मर्चेन्ट बैंक ३.९१, गुराँस लघुवित्त वित्तीय संस्था र पोखरा फाइनान्स सामान ३.८५/३.८५, मिथिला लघुवित्त वित्तीय संस्था ३.८०, अजोड इन्सुरेन्स ३.७२, बरुण हाइड्रोपावर ३.५३ र छयाङ्दी हाइड्रोपावरका लगानीकर्ताले ३.४९ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  ५ : ५७ बजे

आजका समाचार : मन्त्रिपरिषद् बैठकदेखि मोहम्मद अफताव आलमलाई जन्म कैदसम्म

मन्त्रिपरिषद् बैठक  सरकारले सहकारीका समस्या समाधानका लागि तत्काल प्रक्रिया सुरु

नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास 

काठमाडौं- सशस्त्र प्रहरीले चितवनको नारायणी नदीमा सेमुलेशन अभ्यास सम्पन्न गरेको

सुनिल पौडेललाई थुनामा राख्न आदेश

काठमाडौं- नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेललाई विशेष अदालतले

भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा

टक्सार– भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप

सर्लाहीको हरिपूर्वामा आगोले जलेर चार घर नष्ट 

बरहथवा– सर्लाहीको हरिपूर्वा नगरपालिका–५ धोवीनियामाा आगलागी भएको छ । आगोले