कालिज फार्मभित्र चितुवा पसेपछि… « Khabarhub

कालिज फार्मभित्र चितुवा पसेपछि…


२७ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – म्याग्दीको बेनी नगरपालिका ४, सिङ्गामा हरियाली ग्रुपले सुरु गरेको व्यावसायिक कालिज फार्ममा चितुवा पसेको छ । चार सय ५० वटा कालिज पालिएको फार्मभित्र बिहीबार राति चितुवा पसेको हरियाली ग्रुप प्रालीले जनाएको छ ।

फार्मभित्र पसेको चितुवाले कालिज मारेर खाएको भए पनि कति सङ्ख्यामा कालिज मारेको भन्ने यकिन नभएको ग्रुपका प्रबन्ध निर्देशक शेरबहादुर केसीले बताए । अहिले कालिजको फार्मभित्र पसेको चितुवा नियन्त्रणको प्रयास गरिए पनि खुला ठाउँ भएका कारण नियन्त्रणमा समस्या भइरहेको छ ।

चितुवा नियन्त्रणका लागि डिभिजन वन कार्यालय म्याग्दीबाट दुई जना कर्मचारी र तातोपानी प्रहरी चौकीबाट प्रहरीको टोली घटनास्थल पुगेका छन् । डिभिजन वन कार्यालयका निमित्त प्रमुख सन्तोष खनालले कार्यालयसँग रहेको फलामे खोरको सहायताले चितुवा नियन्त्रणको प्रयास गरिए पनि फार्मको क्षेत्र ठूलो र खुला ठाउँ भएकाले समस्या भएको बताउनुभयो । फार्मभित्र पसेको चितुवाको वरिपरि धेरै भिड नगर्न आग्रह गरिएको छ ।

चितुवा नियन्त्रण गर्न प्रदेश वन निर्देशनालय पोखरामा जानकारी गराएपछि त्यहाँबाट नियन्त्रणको टोली झिकाउन चितवन राष्ट्रिय निकुञ्जमा आग्रह गरिएको निमित्त प्रमुख खनालले जानकारी दिए ।

कुखुरा वा बाख्राको खोरभित्र पसेको भए चितुवालाई सजिलै नियन्त्रणमा लिन सकिने भए पनि खुला ठाउँमा रहेको कालिज फार्मभित्र पसेको हुँदा समस्या भएको बताइएको छ । बिहान कालिजलाई दानापानी दिने क्रममा प्रालीका कर्मचारी फार्मभित्र पस्दा वयस्क चितुवाले झम्टिन खोजेपछि फार्मभित्र चितुवा पसेको थाहा भएको हो । आहाराको खोजीमा चितुवा जाली नाघेर कालिजको फार्मभित्र पसेको हुन सक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०७७, शनिबार  ६ : ०० बजे

मध्यावधि निर्वाचनअघि ट्रम्पको ‘५ हजार डलर लाभांश’ घोषणा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचनमा

भोटेकोशी बाढीपछि वीरगन्ज नाकामा दैनिक ७० प्रतिशतले आयात बढ्यो

बारा– भोटेकोशी बाढीपछि वीरगन्ज नाकाबाट दैनिक ७० प्रतिशत आयात बढेको वीरगन्ज

रसुवा भोर्ले बजारको पहिरो हटाइयो, १७ घण्टापछि खुल्यो नुवाकोट-धुन्चे सडक

रसुवा– रसुवाको नौकुण्ड गाउँपालिका–५ स्थित भोर्ले बजार, बागेश्वरी मन्दिरनजिकै बुधबार

सङ्घीय अस्पतालमा शवगृह बनाइने

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विपद्का समयमा ठूलो सङ्ख्यामा

सिंहदरबारमा विपक्षी दलको बैठक सुरू (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्म आङदेम्बेद्वारा आव्हान गरिएको