दुई हप्तामा २८ सय नेपाली होटल क्वारेन्टिनमा « Khabarhub

दुई हप्तामा २८ सय नेपाली होटल क्वारेन्टिनमा


२७ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दुई हप्ताको अवधिमा काठमाडौँ उपत्यकाका विभिन्न होटलमा विदेशबाट फर्किएका मध्ये दुई हजार आठ सय भन्दा बढी नेपाली होटल क्वारेन्टिनमा बसेका छन् ।

होटल संघ नेपाल (हान) र होटल व्यवसायी महासंघले दिएको जानकारी अनुसार बुधबारसम्म एक हजार ८८० जना हानमा र ९५९ महासंघ अन्तर्गतको होटलमा गरी जम्मा दुई हजार ८३९ जना बसेका हुन् । केही दिन अघि ३१ वटा होटल क्वारेन्टिनको लागि थप गरेको सूचना जारी गरेको थियो । विदेशबाट आएर होटल क्वारेन्टिनमा बस्न आउनेको लागि सबै पूर्वाधार मिलाएको होटल संघ नेपाल (हान) का महासचिव साजन शाक्यले बताए ।

सरकारले जारी गरेका मापदण्ड पूरा गरी सहज रुपमा बस्ने व्यवस्था गरेको उनले जानकारी दिए। सुरुको लकडाउनमा पनि विदेशबाट आएका एक हजार पाँच सय व्यक्तिलाई होटल क्वारेन्टिनमा राखेको महासचिव शाक्य बताउँछन् ।

पछि बस्नेको माग आएमा क्वारेन्टिनको लागि होटलको संख्या बढाउन सकिने उनले बताए । विदेशबाट आउने नेपालीको लागि फाइदाको लागि भन्दा पनि सामाजिक उत्तरदायित्व ठानेर सामान्य अवस्थामा भन्दा हाल ६० प्रतिशत कम शुल्कमा होटल उपलब्ध गराएको महासचिव शाक्यको भनाइ छ ।

विदेशबाट आएकालाई क्वारेन्टिन होटलसम्म स्वास्थ्य मापदण्ड पूरा गरी आफ्नै गाडीमा राखेर ल्याउने गरेको छ । विदेशबाट आउने नेपाली बस्ने होटेल क्वारेन्टिनमा होटल सञ्चालकले होटल छिर्ने परिसरको छुट्टै गेटदेखि वाइफाइ सुविधा सम्म भएको मापदण्ड पूरा गर्नुपर्नेछ ।

क्वारेन्टिनको लागि कम्तिमा २० कोठा भएको, स्वास्थ्यसम्बन्धी तोकिएको मापदण्ड पालना गर्ने गरी होटल परिसरको छुट्टै गेट वा कम्पाउण्ड भएको हुनुपर्छ ।
सकेसम्म घुमफिर गर्नसक्ने खुला ठाउँ र बगैँचालगायतका मापदण्ड हुनुपर्ने व्यवस्था छ ।

सरकारले विदेशबाट स्वदेश फर्कनै पर्ने अवस्थामा रहेका नेपालीहरुलाई बिभिन्न मुलुकबाट व्यवस्थित तरिकाले स्वदेश ल्याउने काम गरेको छ ।

नेपाली सेनाले फर्कनु भएकाहरूलाई उपत्यकास्थित विभिन्न होल्डिङ सेन्टरमा राखेर कोरोना रिपोर्ट नेगेटिभ आएकाको हकमा सिधै घरको क्वारेनटाइनमा पठाउने व्यवस्था गरेको छ ।

प्रकाशित मिति : २७ भाद्र २०७७, शनिबार  ६ : २८ बजे

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन

सुदूरपश्चिममा राजस्व सङ्कलन नरोकिने

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को

राजेन्द्रले सुकुम्बासी रोइरहेको सुनाउँदा प्रधानमन्त्रीले भने, ‘उनीहरूका पीडा र आँसुले म पनि छटपटिएको छु’

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले सरकार सम्हालेयता पहिलो पटक कुनै राजनीतिक