विमान चार्टर गरी नेपालीलाई स्वदेश फिर्ता « Khabarhub

विमान चार्टर गरी नेपालीलाई स्वदेश फिर्ता


२७ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वभरि फैलिएको कोभिड–१९ का कारण उत्पन्न विषम परिस्थितिमा बहराइनका लागि नेपाली राजदूतावासले नेपाल फर्कन चाहने १४६ जना नेपालीलाई विमान चार्टर गरेर बिहीबार नेपाल ल्याएको छ । कम्पनी बन्द भएर र श्रम सम्झौता सकिएर नेपाल फर्किने इच्छुक कामदारलाई स्वदेश फर्काइएको हो ।

राजदूतावासले बिदामा बहराइनबाट नेपाल आएपश्चात् फैलिएको कोरोना भाइरसका कारण अन्तर्राष्ट्रिय उडान स्थगित भई नेपालमै रोकिएर पुनः रोजगारीमा बहाल हुन बहराइन जान इच्छुक १४५ जना नेपालीलाई पहिलो पटक बहराइन फर्काएको राजदूत पदम सुन्दासले राससलाई जानकारी दिए । ‘हाम्रो साथ आमाको काख’ अभियानको सहयोगमा उनीहरु बहराइन फर्किएका हुन्।

बहराइनका लागि नेपाली राजदूतावासले गत हप्ता अन्तर्राष्ट्रिय उडान स्थगित भई नेपालमै रोकिएर पुनः रोजगारीमा बहाल हुन बहराइन जान इच्छुक २७४ नेपालीको नामावली सार्वजनिक गरेको थियो । राजदूत सुन्दासले भने, “कोरोना शुरु भएपछि सानो लगानीका होटल, रेस्टुरेन्टहरु बन्द भए, करीब एक हजार ३०० नेपालीले रोजगारी गुमाएका छन्, हामीले समस्यामा परेकालाई अप्रिल महिनामै नेपाल जान चाहनेलाई पठाएका थियौँ ।”

छुट्टीमा नेपाल फर्किएका ९२७ जनामध्ये १४५ पुनः रोजगारीमै बहराइन फर्किएका छन् । नेपाल फर्किन चाहने ३०० नेपालीमध्ये गत बिहीबार १४६ फर्किएका हुन् । बाँकी नेपाल फर्किन इच्छुक र नेपालबाट पुनः रोजगारीमा बहराइन फर्किन इच्छुकलाई विमान चार्टर गरेरै नेपाल ल्याउने र बहराइन जान चाहनेलाई लैजाने योजना रहेको राजदूत सुन्दासको भनाइ छ ।

उनले भने, “अझै धेरै नेपाल जाने तयारीमा छन् । छिट्टै पठाउँछौँ । त्यहाँ कोही पनि नेपाली भोकै भएर दुःख पाएर बस्नु परेको छैन । दूतावासको सम्पर्कमा आएकालाई उद्धार राहत तथा खानबस्नको व्यवस्था गरेका छौँ ।”

प्रकाशित मिति : २७ भाद्र २०७७, शनिबार  १ : १० बजे

बबरमहलमा आकाशे पुल जडान, भर्‍याङ राखेपछि सञ्चालनमा आउने (तस्बिरहरू)

काठमाडौं– माइतीघर–नयाँ बानेश्वर सडकखण्डअन्तर्गत बबरमहलमा पैदलयात्रीका लागि आकाशे पुल बनाइँदै

औद्योगिक क्षेत्रका लागि यथाशीघ्र जग्गा उपलब्ध गराउन आग्रह

काठमाडौं– उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले

झलनाथ अब नेकपामा सक्रिय नहुने, समाजवादी जागरण अभियान सञ्चालन गर्ने

काठमाडौं- वामपन्थी नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले छुट्टै अभियान सञ्चालन

चितवनमा ट्याक्टर र जिप ठोक्किँदा एक जनाको मृत्यु, १० घाइते

चितवन- चितवनको कालिका नगरपालिका–५ स्थित वडा कार्यालय चोकमा ट्याक्टर र बलेरो

सिमरामा उच्च शिक्षा सुधारसम्बन्धी दुईदिने संवाद : के विषयमा छलफल भयो ?

सिमरा – उच्च शिक्षा सुधार तथा राष्ट्रिय योग्यता प्रारूपबारे मधेश