जोर्जियामा हातैले फेरि मतगणना | Khabarhub Khabarhub

जोर्जियामा हातैले फेरि मतगणना


२७ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकी राष्ट्रपतीय चुनावमा दुई उम्मेदवारबीच थोरै मात्र मतान्तर देखिएपछि जोर्जियामा हातैले फेरि मतगणना गरिने भएको छ ।

जोर्जियामा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र राष्ट्रपति-निर्वाचित बाइडनबीच करिब १४,००० मतको अन्तर छ। निकै कडा प्रतिस्पर्धा देखिएका कारण उक्त राज्यले गत हप्ता नै पुनः मतगणना गरिने जानकारी गराएको थियो।

हातले नै मत गन्न अनुरोध गरेको ट्रम्पको चुनावी अभियान टोलीले पारदर्शीरूपमा गणना भए जित्ने दाबी गर्दै आएको छ ।

अभियानका कानुनी परामर्शदाता स्टेफन पासान्टीओले प्रत्येक भोटको जाँच गरिने बताएका छन् ।

दोहोर्‍याएर गरिएका मत गणनाले विगतमा खासै परिवर्तन भने नल्याएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

जोर्जिया राज्यमा हार नै बेहोरे पनि बाइडनसँग राष्ट्रपति बन्न आवश्यक २७० भन्दा बढी इलेक्टोरल मत पुग्नेछ ।

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहीबार  ८ : ५५ बजे

भारतबाट १६ बालबालिकाको उद्धार

जनकपुरधाम– भारतका विभिन्न स्थानबाट १६ बालबालिकाको उद्धार गरिएको छ ।

विश्वकप लिग–२ : युएईसँग पनि नेपाल पराजित, रोहितको शतक ओझेलमा

काठमाडौं- आईसीसी विश्वकप लिग–२ अन्तर्गत दुबईमा बिहीबार भएको खेलमा नेपाल

करेन्ट लागेर एक जनाको मृत्यु

सिन्धुली– तीनपाटन गाउँपालिका-१० लङ्गुर खोला बस्ने २० वर्षीय धन बहादुर

भरतपुरमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु

चितवन– भरतपुर महानगरपालिका-२९ सिमलतालस्थित सडकमा बागमती प्रदेश ०२-०५६ प ९८०४ नम्बरको मोटरसाइकल