कोरोनाको भ्याक्सिन सहज आपूर्ति सरकारको प्राथमिकता : अर्थमन्त्री पौडेल « Khabarhub

कोरोनाको भ्याक्सिन सहज आपूर्ति सरकारको प्राथमिकता : अर्थमन्त्री पौडेल


२७ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अर्थमन्त्री विष्णु पौडलले कोरोनाको भ्याक्सीनलाई सहज आपूर्ति सरकारको प्राथमिकता रहेको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघको पाँचौं महासभाको आज काठमाडौँमा उद्घाटन गर्दै मन्त्री पौडेलले कोरोनाको गुणस्तरीय र तुलनात्मक रुपमा सस्तो भ्याक्सीनको सहज आपूर्ति गर्ने सरकारको अबको प्राथमिकता रहेको बताए ।

विश्वबजारमा सहज हुने बित्तिकै नेपालले पनि कोरोनाको भ्याक्सीन आपूर्ति गर्ने बताउँदै उनले यसबारे अन्य देशहरुसँग छलफल भइरहेको बताए ।

अर्थमन्त्री पौडेलले कोरोनाको लक्षण देखिएका संक्रमित व्यक्तिहरुको परीक्षण र उपचार सरकारले गर्ने उल्लेख गरेका छन् । जनताको जीवनरक्षा र जीविकाको रक्षा सरकारको पहिलो प्राथमिकता रहेको उनको भनाइ छ ।

मन्त्री पौडेलले सरकारले कोरोना नियन्त्रण र रोकथामका लागि प्रभावकारी ढंगले काम गरेको बताएका छन् ।

फरक प्रसंगमा उनले कोरोनाबाट अर्थतन्त्रमा पारेको प्रभाव कम गर्न सरकारले राहतको प्याकेज ल्याएको जानकारी दिए । मन्त्री पौडेलले नीजि, सहकारी र उत्पादनवाहक क्षेत्रका लागि सरकारले गरेको घोषणा अपूग भए छलफलमार्फत समस्या समाधान गर्ने प्रतिवद्धता जनाएका छन् ।

प्रकाशित मिति : २७ मंसिर २०७७, शनिबार  १ : ५० बजे

जसपा नेपालको चुनावी प्रतिबद्धता पत्र सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं – जनता समाजवादी पार्टी, नेपालले आगामी निर्वाचनलाई लक्षित गर्दै

उज्यालो नेपालका १५ जना केन्द्रीय सदस्यले छाडे पार्टी

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा)मा आन्तरिक विवाद चुलिँदै जाँदा

पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना

काठमाडाैं – बङ्गलादेशले आइतबार भारतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई नयाँ दिल्लीमा

बीबीसी ‘भ्वाइस अफ इन्डिया’ का संस्थापक मार्क टलीको निधन

नयाँ दिल्ली – ‘भ्वाइस अफ इन्डिया’ भनेर लाखौँले चिन्ने दक्षिण

‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी, ६ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले ‘फेक रेस्क्यू’ गरी नक्कली कारोबार गर्ने