अपडेट : ट्रक दुर्घटनामा थप दुईको मृत्यु « Khabarhub

अपडेट : ट्रक दुर्घटनामा थप दुईको मृत्यु


२७ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको कलङ्कीमा शुक्रबार साँझ भएको ट्रक दुर्घटनामा परेका थप दुईको आज मृत्यु भएको छ ।

घटनास्थलबाट ट्रक निकाल्ने क्रममा आज बिहान ट्रकमा च्यापिएको अवस्थामा एक जनाको शव फेला परेको र अर्का एक जनाको उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

ट्रक अनियन्त्रित भई दुर्घटना हुँदा मृत्यु हुनेमा धादिङको थाँक्रेका ४२ वर्षीय राजु पौडेल र अर्का रञ्जितकुमार चौधरी रहेको परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले जानकारी दिए ।

चौधरीको उपचारका क्रममा मृत्यु भएको हो । यसअघि घटनास्थलमै ओखलढुङ्गा घर भई सडकमा मागी हिँड्ने शङ्कर परियारको मृत्यु भएको थियो ।

उक्त घटनामा घाइते भएका रामचन्द्र सिंखडा, सुमन मानन्धर, विशाल श्रेष्ठ, गणेश शर्मा, साजन खत्री, सन्ध्या थिङ र रामबहादुर खरालको उपचार जारी छ ।

हेटौँडाबाट सिमेन्ट बोकेर आउँदै गरेको प्रदेश २–०३००१ ख १४२० नम्बरको ट्रक अनियन्त्रित भई कलङ्कीस्थित कालिका पेट्रोलपम्प नजिक ओरालोबाट पर्खाल भत्काउँदै घरमा ठोक्किन पुगेको थियो ।

परिसरका प्रवक्ता प्रमेश विष्टका अनुसार ब्रेक फेल भएर ट्रक दुर्घटना भएको अनुमान छ । उक्त ट्रकले अन्य स्कुटर, साइकल, मोटरसाइकल, ट्याक्सी र गाडीमा समेत क्षति पुर्‍याएको प्रहरीले जनाएको छ । घरभित्रसमेत क्षति पुर्‍याएको विष्टले जानकारी दिए ।

प्रकाशित मिति : २७ मंसिर २०७७, शनिबार  २ : ३८ बजे

यूक्रेन–अमेरिका वार्ता : शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित

एजेन्सी– यूक्रेन र संयुक्त राज्य अमेरिकाका अधिकारीहरूले शनिबार मियामीमा लगातार

कुलमान घिसिङको उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य श्रेष्ठले दिइन् राजीनामा

काठमाडौं– ऊर्जामन्त्री कुलमान घिसिङको उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या

नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता हो : राष्ट्रपति

पाटन– राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वाधार निर्माणमात्र नभइ नागरिकको जीवनस्तरमा सुधार

विराटनगरलाई सुदूरपश्चिमले दियो १४८ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको पहिलो खेलमा विराटनगर

ललितपुर महानगरको नयाँ प्रशासनिक भवनको उद्‌घाटन

काठमाडौं– ललितपुर महानगरपालिकाको नयाँ प्रशासनिक भवन राष्ट्रपति रामचन्द्र पौडेलले आज