नौ महिनापछि भोटेकोशीको बन्जी जम्प सञ्चालनमा « Khabarhub

नौ महिनापछि भोटेकोशीको बन्जी जम्प सञ्चालनमा


२७ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– कोरोना भाइरसका कारण चैतदेखि बन्द भएको सिन्धुपाल्चोकको भोटेकोशीको बन्जी जम्प नौ महिनापछि पुनः सञ्चालनमा आएको छ ।

स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई सञ्चालनमा ल्याइएको बन्जी जम्पमा हाल दैनिक चारदेखि १५ जनासम्मले बन्जी गर्ने दी लास्ट रिसोर्ट एडभेन्चर प्रालिका व्यवस्थापक कुमार राउतले बताए ।

०५६ देखि सञ्चालित १६० मिटरको उक्त बन्जी जम्प रोमाञ्चकका दृष्टिकोणले उत्कृष्ट मानिन्छ । देशमा बन्दाबन्दी लागू हुनुअघि स्वदेशी र विदेशीसहित दैनिक १०० जनासम्म आउने गरेकामा भर्खर मात्र सञ्चालनमा आएकाले क्रमशः पर्यटक आउने अपेक्षा गरिएको व्यवस्थापक राउतले स्पष्ट गरे ।

बन्जीका लागि युवायुवती बढी आकर्षित हुने र प्रहरी अधिकृत तालिममा सहभागीलाई पनि अनिवार्य रुपमा समावेश गरिएको बताइएको छ । बन्जीका लागि स्वदेशीलाई ६ हजार र विदेशीलाई नौ हजार २०० दस्तुर लिने गरिएको छ । बन्जीका साथै रोमाञ्चक सुइङ पनि सञ्चालनमा आएको छ ।

चीनसँगको प्रमुख व्यापारिक तातोपानी नाका निरन्तर रुपमा सञ्चालनमा आए तिब्बतको मानसरोवर जाने भारतीय तीर्थयात्री नाका हुँदै जाने भएकाले बाह्य र आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि हुने प्रचुर सम्भावना छ ।

प्रकाशित मिति : २७ मंसिर २०७७, शनिबार  १० : २७ बजे

सडक भासिँदा रेसुङ्गा विमानस्थल जाने सडक अवरुद्ध

गुल्मी– गुल्मीको रेसुङ्गा नगरपालिका–१० सिमीचौरमा सडक भासिएपछि रेसुङ्गा विमानस्थल सडकखण्ड

छोरीको इच्छाविपरीत विवाहको कथा बोकेको ‘अक्षरा’ असोज २३ देखि प्रदर्शनमा

काठमाडौं– छोरीको जीवनसँग जोडिएको निर्णयमा उनको इच्छा कति महत्त्वपूर्ण हुन्छ

८० लाखले हेरे ज्याकी च्यानको ‘मृत्यु’ पोस्ट ! सत्य के ?

एउटा तस्बिर, केही शब्द र सामाजिक सञ्जालको तीव्र फैलावट। यति

जटिल प्रसूति समस्या भएपछि धादिङकी २४ वर्षीया महिलाको हवाई उद्धार

काठमाडौँ – धादिङको गंगाजमुना गाउँपालिका–५ निवासी २४ वर्षीया ममता तामाङको

‘धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति’ जारी: ब्रोकर कम्पनी चार श्रेणीमा वर्गीकरण

काठमाडौँ – नेपाल धितोपत्र बोर्डले देशको पुँजी बजारलाई आधुनिक, प्रतिस्पर्धी,