वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन विभाग र सीआईबीबीच समझदारी « Khabarhub

वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन विभाग र सीआईबीबीच समझदारी


२८ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वैदेशिक रोजगारीलाई थप व्यवस्थित र शोषणरहित बनाउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) र वैदेशिक रोजगार विभागबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

वैदेशिक रोजगारको नाममा हुनसक्ने अवैध गतिविधिलाई रोकेर पेशालाई थप व्यवस्थित, मर्यादित र शोषणरहित बनाउन छ बुँदे उद्देश्य तथा १३ बुँदे सहकार्यको समझारीपत्रमा हस्ताक्षर भएको हो ।

गृह सचिव प्रेमकुमार राई तथा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको उपस्थितिमा भएको समझदारीपत्रमा सिआइबीका निर्देशक प्रहरी नायब महानिरीक्षक नीरजबहादुर शाही र वैदेशिक रोजगार विभागका महानिर्देशक डा भीमकुमार भुसालले हस्ताक्षर गरेका हुन् ।

समझदारीपत्रमा वैदेशिक रोजगारीको नाममा हुनसक्ने मानव बेचविखन तथा ओसारपसारका घटना रोक्ने, पीडित व्यक्तिको संरक्षण तथा पुनःस्थापना गर्न श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभाग, गृह मन्त्रालय र प्रहरीबीच समन्वय गर्ने लगायतका विषय समावेश छ ।

प्रकाशित मिति : २८ पुस २०७६, सोमबार  ६ : ४० बजे

खडकको कप्तानीमा प्रधानमन्त्री कप क्रिकेट टोली घोषणा

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोट

निर्वाचन ३६ दिन बाँकीः आचारसंहिता अनुमगनका लागि अधिकृत तोकियो

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमनका लागि अनुमगन अधिकृत

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबार लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल माघ १४ गते बुधबार माघ

आज २०८२ साल माघ १४ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १४ गते बुधबार माघ