यी ७ चिज घरमा भए हुन्छ वास्तुदोष, हटाउनुस् तुरुन्तै ! « Khabarhub

यी ७ चिज घरमा भए हुन्छ वास्तुदोष, हटाउनुस् तुरुन्तै !


२८ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तपाईं वास्तुशास्त्रमा कत्तिको विश्वास गर्नुहुन्छ ? यदि विश्वास गर्नुहुन्छ भने केही चिजहरुका कारण घरमा समस्या सिर्जना भएको हुन्छ । ती चिजहरुमा वास्तुदोष हुने हुँदा जसलाई हटाउनु नै उपयुक्त मानिन्छ । जसले ठूलो समस्या टर्ने विश्वास गरिन्छ ।

कतिपय अवस्थामा बन्न लागेको काम नबन्ने, आर्थिक संकट बेहोरिरहनुपर्ने र चाहे अनुसारको कामबाट लाभ नहुने जस्ता अप्ठेरा भोगिरहनु भएको छ भने पक्कै वास्तुदोष भएको हुनुपर्छ ।

वास्तुदोष हुदाँ परीवारमा कलह हुने, सम्बन्धमा खटपट हुने लगायतका समस्या पनि देखा पर्ने हुन्छ । यस्तोमा घरभित्र हुने साना–साना कुराहरुलाई हटाइयो भने मात्र पनि यी सम्पूर्ण समस्याहरु हटेर जानेछन् । वास्तुशास्त्र अनुसार वास्तुदोष निवारणका लागि यी सामानहरु घरबाट हटाउनु नै उपयुक्त मानिन्छ ।

१. टुटेफुटेका भाडाकुँडा

भान्सामा पुराना तथा टुटेफुटेका भाँडाकुँडा हुने गर्दछ । तर यस्तो भाडाँकुडाँ राख्दा देवी लक्ष्मी रिसाउने, त्यस घरमा आर्थिक संकट शुरु हुने अवस्था आउन सक्छ । तसर्थ घरमा टुटेफुटेका भाडाँकुडाँ राख्नु हुँदैन ।

२. बिग्रेको वा चर्केको घडी

केही मानिसहरु बिग्रेको वा सिसा चर्केको घडि पनि लगाउने वा भित्तामा झुण्डाउने गर्दछन् । तर यस्तो घडी आफूसँग राख्नु वास्तु अनुसार अशुभ मानिन्छ । यसले परिवारमा उन्नती र राम्रो दिनलाई रोक्ने गर्दछ । तसर्थ जतिसक्दो चाँडो बिग्रेको वा चर्केको घडि बनाउनु वा फ्याक्नु उत्तम मानिन्छ ।

३. टुक्रेको ऐना

धेरै मानिसहरुलाई फुटेको वा चर्केको ऐना राख्नु हुँदैन भन्ने थाहा छ । तर किन यस्तो घडी राख्नु हुँदैन भन्ने चाहि थाहा नहुन सक्छ । चर्केको वा फुटेको ऐना राख्नु वास्तुमा सबैभन्दा नराम्रो मानिन्छ । यसले घरमा नकारात्मक उर्जा उत्पन्न गराउनुको साथै परिवारका सदस्यहरु बिच झगडा वा मानसिक तनाव बढाउने गर्दछ । तसर्थ फुटेको वा चर्केको ऐना घरमा राख्नु उपयुक्त मानिदैन ।

४. भाँचिएको खाट/पलङ

विशेषतः नवविवाहित जोडी वा दाम्पत्य जीवनमा बाधिएका जो कोहिले पनि भाँचिएको पलङ वा खाटमा सुत्नु हुँदैन । वास्तु अनुसार भाचिएको खाटमा सुत्नु नकारात्मक मानिन्छ । यसले वैवाहिक जोडीको जीवनमा खटपट तथा तनाव सिर्जना गर्दछ । तसर्थ भाँचिएको खाट वा पलङ मर्मत गर्नु वा फेर्नु उत्तम हुन्छ ।

५. च्यातिएको तस्वीर

पुराना स्मृति भन्दै अधिकांशले केही च्यातिएका तस्वीरलाई पनि अन्य तस्वीरको बिचमा राख्ने गर्दछन् । तर घरमा राखिएका च्यातिएका तस्वीरले घरभित्र नकारात्मक प्रभाव बढाउने तथा परिवारजनमा रोगको सम्भावना बढाउने शास्त्रले बताउँछ । तसर्थ च्यातिएका तस्वीरलाई फोटो स्टुडियोमा गई अर्काे प्रति निकालेर संग्रह गर्नु उत्तम हुनेछ ।

६. चर्किएको ढोका

कुनै पनि घर वा कोठा प्रवेश गर्ने मार्ग भनेको ढोका हो । तसर्थ ढोका जहिले पनि कुनै दोष युक्त हुनुहुँदैन । अन्यथा घरभित्र छिर्ने ढोका चर्किएको, टुक्रिएको वा फुटेको भएमा यसले अशुभ प्रभाव पार्दछ । यसले घरमा नकारात्मक उर्जा उत्पन्न गराउने शास्त्रले बताउँछ । तसर्थ यस्ता ढोका तुरुन्त मर्मत वा परिवर्तन गर्नुपर्दछ ।

७. फुटेको फर्निचर

दैनिक उपयोग गरिने भएकाले पनि घरमा रहेका कतिपय फर्निचरका सामाग्री फुटेको हुनसक्छन् । तर वास्तु अनुसार घरमा फुटेको फर्निचर हुनु अशुभ मानिन्छ । यसले घरमा अशान्ति फैलाउने विश्वास गरीन्छ । तसर्थ यस्ता टुटेफुटेका फर्निचर सकेसम्म तुरुन्त मर्मत गरिहाल्नुपर्छ ।

प्रकाशित मिति : २८ पुस २०७६, सोमबार  ८ : ५१ बजे

‘गगन-देउवा कसैसँग गुनासो छैन, सभापति र वरिष्ठ नेताको लोभ पनि छैन, देशको अस्तित्वको चिन्ता छ’

काठमाडौं- नेपाली कांग्रेसको कुनै पनि महाधिवेशनमा सहभागी नहुने अडान लिएर

कांग्रेसका ३ हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस देउवा पक्षको १५औँ महाधिवेशनअन्तर्गत बिहीबारसम्म देशभरका

सीमा अपराध नियन्त्रणमा कडाइका साथ लाग्न महानिरीक्षक पौडेलको निर्देशन

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने अवैध

वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

दमौली– तनहुँमा सामुदायिक वनको वैज्ञानिक तथा व्यवस्थित वन व्यवस्थापनमार्फत तीन