४४ लाख नेपाली वैदेशिक रोजगारीमा, १७ लाखले मात्र गराए म्यादी बीमा « Khabarhub

४४ लाख नेपाली वैदेशिक रोजगारीमा, १७ लाखले मात्र गराए म्यादी बीमा


२८ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगार विभागको तंथ्याकअनुसार करीब ४४ लाख नेपाली श्रमिक वैदेशिक रोजगारीमा कार्यरत रहेका छन् ।

वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले १६ लाख ६२ हजार ५ सय ७ वटा म्यादी बीमा गराएको बीमा समितिको तंथ्याकमा उल्लेख छ ।

समितिकै तंथ्याकलाई आधार मान्ने हो भने करिब २७ लाख २८ हजार श्रमिक वैदेशिक रोजगारीका कार्यरत श्रमिक म्यादी बीमा नगराइ गएको देखिन्छ ।

वैदेशिक रोजगारमा जाने श्रमिकका हकमा अनिवार्य म्यादी बीमा गराउनुपर्ने व्यवस्था रहेको वैदेशिक रोजगार विभागका महानिर्देशक डा. भीष्म भुषालले जानकारी दिए ।

सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको सुरक्षाका लागि अनलाइन प्रणालीको विकास गरेको विभागका महानिर्देशक डा. भुषालले बताए ।

‘वैदेशिक रोजगारीमा जाने श्रमिकले सम्बन्धीत प्रदेश र जिल्लाबाट म्यादी बिमा गराउन मिल्ने गरि अनलाइन प्रणाली बनाएका छौ’ उनले भने,‘सरकारले विदेशमा रहेका सबै कामदारलाई म्यादी बीमाको दायराभित्र ल्याउन सहजीकरणका लागि अनलाइन बनाएको हो ।’

उनका अनुसार विगतमा छुटेका श्रमिकको पनि अनलाइनबाट तंथ्याक संकलन गरिन्छ । विभाग र समितिले विदेशीने श्रमिकका हकमा म्यादी बीमाको नविकरण अनलाईन मार्फत भुक्तानी गर्न मिल्ने व्यवस्थाका लागि सबै प्रक्रिया मिलाइसकेका छन् ।

वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि सरकारले दुई वर्षको श्रम स्वीकृति जारी गर्दै आएको छ । तर, वैदेशिक रोजगारीमा जाने श्रमिकले भने तीन वर्षको म्यादी बीमा गराउनुपर्छ ।

देश र उमेर अनुसार म्यादी बीमाको रकम फरक फरक तिर्नुपर्ने वैदेशिक रोजगार ऐनमा व्यवस्था छ । तर, सरकारले खाडीका देश र मलेसियामा जाने श्रमिकका हकमा २ वर्षका लागि मात्र श्रम स्वीकृति जारी गर्छ । भने कोरिया र इजरायल जाने श्रमिकका हकमा ५ वर्षका लागि श्रम स्वीकृति जारी गदै गएको छ ।

खाडीका देश मलेसियाका हकमा १५ सय देखि उमेर अनुसार ४ हजारसम्मको म्यादी बीमा गराउनुपर्छ भने कोरिया र इराजरायलका हकमा २ हजार ५ सय अनिवार्य भएको विभागले जनाएको छ ।

वैदेशिक रोजगारीमा जानुअघि इजाजतपत्रवालाले वैदेशिक रोजगारीमा जाने श्रमिकले वैदेशिक रोजगार ऐन, २०६४ को दफा २६ तथा वैदेशिक रोजगार नियमावली, २०६४ को नियम १९ बमोजिम करार अवधिभर कायम रहने गरी न्यूनतम ५ लाखको बीमा गराउनुपर्ने व्यवस्था छ ।

त्यसैगरी वैदेशिक रोजगार ऐनको दफा २१(२) बमोजिम व्यक्तिगत रुपमा वैदेशिक रोजगारमा जानका लागि समेत बीमा गर्नुपर्ने व्यवस्था गरिएको छ । सोही अनुसार वैदेशिक रोजगारीमा जाने कामदारले म्यादी बीमा गराउदै आएका छन् ।

वैदेशिक रोजगारीमा जाने श्रमिकको म्यादी बीमाका लागि सूर्य लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, रिलायवल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, यूनियन लाइफ इन्स्योरेन्स लिमिटेड र नेशनल लाइफ इन्स्योरेन्स लिमिटेड गरी ४ वटाले काम गर्दै आएका छन् । यी कम्पनीसँग १७ लाख वैदेशिक रोजगारीमा गएका श्रमिकको मात्र बीमा गराएको तंथ्याक भएको पाइएको छ ।

वैदेशिक रोजगारीमा जाने श्रमिकको अनिवार्य रुपमा १० लाख रुपैयाँको बीमा गनुपर्ने व्यवस्था रहेको छ । वैदेशिक रोजगारीको शिलशिलामा कामदारको मृत्यु भएका आश्रित परिवारले १० लाख रुपैयाँ बीमा दाबी भुक्तानी पाउने व्यवस्था रहेको छ । वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका श्रमिकले १७ लाख क्षतिपूर्ति पाँउछन् ।

आर्थिक बर्ष २०७२/७३ मा ९ लााख ३३ हजार ८ सय ७१ जनाले म्यादी बीमा गराएको थिए । आर्थिक २०७३/७४मा ६ लाख ४४ हजार १ सय ३ जना, २०७४/७५ मा ६ लाख ४८ हजार ८४ जनाले म्यादी बीमा गराएका थिए भने गत आर्थिक वर्षमा ५ लाख ८० हजारले म्यादी बीमा गराएका छन् ।

प्रकाशित मिति : २८ पुस २०७६, सोमबार  ९ : ५४ बजे

गर्मी बढेसँगै सर्प दंशका बिरामी बढे

जलेश्वर– महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित प्रादेशिक अस्पताल जलेश्वरमा सर्पले

सत्यलाई हतियार बनाएर भ्रम चिर्छौँ, एमालेको विचार हरेक मोबाइल स्क्रिनसम्म पुर्‍याउँछौँ’ : निरज आचार्य

काठमाडौं– नेकपा एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज

प्रत्येक जिल्लमा एउटा विद्यालयलाई नमूना विद्यालय बनाउने

काठमाडौं– मधेश सरकारले मधेसका प्रत्येक जिल्लामा एउटा नमूना विद्यालय बनाउने

राउटे समुदायलाई मूल प्रवाहमा ल्याउने नीति

काँक्रेविहार– राउटे संरक्षण नीति स्वीकृत भएसँगै कर्णालीका विभिन्न जिल्लामा बसोबास

मधेसले अब किसानलाई उत्पादनमा आधारित मात्रै अनुदान दिने

काठमाडौं– मधेस प्रदेश सरकारले अब किसानलाई उत्पादन आधारित मात्रै अनुदान