देउवालाई सभापति हुनबाट रोक्छौंः महामन्त्री कोइराला « Khabarhub

देउवालाई सभापति हुनबाट रोक्छौंः महामन्त्री कोइराला


२८ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– नेपाली कांग्रेस महामन्त्री शशांक कोइरालाले १४ औं महाधिवेशनमा शेरबहादुर देउवालाई सभापति बन्नबाट रोक्ने बताएका छन् ।

सोमबार झापाको बिर्तामोडमा प्रेस युनियनले गरेको पत्रकार भेटघाटमा महामन्त्री कोइरालाले नेता कृष्णप्रसाद सिटौला समूहसँग सहकार्य गरेर १४ औं महाधिवेशनमा देउवालाई सभापति हुनबाट रोक्ने बताएका हुन् ।

उनले आगामी महाधिवेशनमा पार्टीको नेतृत्व परिवर्तन गर्न रामचन्द्र पौडेल र सिटौला समूहबीच सहकार्य आवश्यक रहेको बताए।

‘देउवाजीसँग पार्टी र मुलुक चलाउने सपना छैन। उहाँ गुटमात्रै चलाउने नेता हो,’ कोइरालाले भने, ‘अहिलेसम्म गुट चलाएरै यहाँसम्म आइपुग्नुभयो। फेरि पनि गुट चलाउन उहाँलाई सभापति बनाउन सकिदैन।’

कोइरालाले आफू पनि आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार रहेको दाबी गरे ।

‘सभापतिको दौडमा म पनि छु,’ कोइरालाले भने।

आफूसँगै रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, शेखर कोइराला, प्रकाशमान सिंह, रामशरण महत सभापतिमा आकांक्षी रहेको उनले बताए। यीमध्ये जसको नाममा सहमति जुट्छ, उसैलाई सभापति मानेर अगाडि बढ्ने गृहकार्यमा आफूहरु रहेको कोइरालाको भनाइ थियो।

कोइरालाले सभापति देउवासँग पुस ११ गते केन्द्रीय कार्यसमिति बैठकको बहुमतबाट गरेका निर्णय सच्याउनुको विकल्प नरहेको बताए।

प्रकाशित मिति : २८ पुस २०७६, सोमबार  ४ : ५३ बजे

धनुषा प्रहरीद्वारा एकै दिन ४४ फरार प्रतिवादी पक्राउ

जनकपुरधाम – जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट कैद तथा जरिवाना

दाङमा भेटिए ११ वटा अवैध भरुवा बन्दुक

दाङ – जिल्लाको बङ्गलाचुलीको एक जङ्गलबाट प्रहरीले आज ११ वटा

छात्राहरूमाथि दुर्व्यवहारबारे सुकुनाले भन्यो : पीडितले न्याय पाउनुपर्छ, निर्दोष बदनाम हुनुहुँदैन

मोरङ – मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयमा अध्ययनरत

फेसबुक म्यासेन्जरमा प्राविधिक समस्या

काठमाडौं – मेटा कम्पनीअन्तर्गत सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म फेसबुक म्यासेन्जरमा

होर्मुज सङ्कटले विश्व अर्थतन्त्रमा जोखिम बढाउने चेतावनी

मनिला – संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले होर्मुज जलसन्धिमा