जथाभावी बाटो काट्ने पैदल यात्रीले २० मिनेट सचेतना कक्षा लिनुपर्ने « Khabarhub

जथाभावी बाटो काट्ने पैदल यात्रीले २० मिनेट सचेतना कक्षा लिनुपर्ने


२८ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – महानगरीय ट्राफिक प्रहरी महाशाखाले जथाभावी रुपमा बाटो काट्ने पैदल यात्रीलाई कारवाहीस्वरुप सचेतना कक्षा दिने भएको छ ।

अब पैदलयात्रीले पनि मादकपदार्थ सेवन गर्ने र ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकले जस्तै ट्राफिक नियमसम्बन्धी सचेतना कक्षा लिनुपर्ने भएको हो ।

महाशाखाका प्रमुख वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालका अनुसार पैदलयात्रीले बाटोमा हिँड्दा या बाटो काट्दा ट्राफिक नियम पालना नगरी उल्लङ्घन गरे पैदलयात्रीले २० मिनेटको सचेतना कक्षा लिनुपर्ने  छ । यो व्यवस्था आज (सोमबार) बाट शुरु भएको हो ।

सचेतना कक्षामा सडक सुरक्षा र ट्राफिक नियमबारे सिकाइनेछ र साथै उनीहरुकै माध्यमबाट घर–घरमा सचेतनाको लागि पर्चा पम्पलेट समेत वितरण गरिने जनाइएको छ ।

हाललाई यो नियम भोटाहिटी र वीर अस्पताल अगाडि सञ्चालन गरिएको महाशखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठले जनाए ।

कार्यक्रम सञ्चालन भएकै दिन अर्थात् सोमवार मात्र करिब १ हजार पैदलयात्रीलाई सचेतना कक्षा दिइएको प्रहरीले जनाएको छ ।

पैदलयात्रीले जथाभावी बाटो काट्दा हुने सवारी जाम हटाउनका लागि यो अभियान सञ्चालन गरिएको महाशाखाले जनाएको छ ।

यसअघि प्रहरीले जथाभावी बाटो काट्ने र आकाशे पुलको प्रयोग नगरी बाटो काट्नेलाई जरिवाना तिराउने नियम ल्याएको थियो । तर, विवाद भएपछि जरिवाना हटाइएको थियो ।

प्रकाशित मिति : २८ पुस २०७६, सोमबार  ५ : २२ बजे

खनिज क्षेत्रको राजस्व संकलन खस्कियो

काठमाडौं– खानी तथा भूगर्भ विभागले खनिज पदार्थको उत्खनन, उत्पादन तथा

आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न

कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग अवरूद्ध

बागलुङ– बाढी तथा पहिरोका कारण बागलुङका दुई राष्ट्रिय राजमार्ग आज

काठमाडौं-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

काठमाडौं- धादिङको थाक्रे गाउँपालिका–६ स्थित आठ किलोमा खसेको पहिरो पन्छाएपछि काठमाडौं–मुग्लिन

प्रसारण लाइनले आयोजनाले उपलब्ध गरायो सट्टा जग्गा

सङ्खुवासभा– सङ्खुवासभामा २२० केभी प्रसारण लाइन आयोजनाले वन क्षेत्रको जग्गा