पाकिस्तानी पूर्व राष्ट्रिपति मुसर्रफमाथिको मृत्युदण्डको सजाय रद्द « Khabarhub

पाकिस्तानी पूर्व राष्ट्रिपति मुसर्रफमाथिको मृत्युदण्डको सजाय रद्द


२८ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानको लाहोरस्थित उच्च अदालतले पूर्व राष्ट्रपति परवेज मुसरैफका लागि तोकिएको मृत्युदण्डको सजाय रद्द गरेको छ ।

विशेष अदालतले देशद्रोहको अपराधमा मृत्युदण्डको फैसला गरेको लाहोर उच्च अदालतले ‘असंवैधानिक’ रहेको भन्दै मृत्युदण्डको सजाय रद्द गरेको हो ।

दुबईमा रहेको मुसर्रफको मृत्युदण्डको फैसलालाई यसअघि उनले आफू विरुद्ध बदला लिन खोजको आरोप लगाएका थिए ।

यस्तै, पाकिस्तानी सेनाले पनि उनीमाथि तोकिएको मृत्युदण्डको सजायप्रति असन्तुष्टि जनाएको थियो ।

गत १७ डिसेम्बरमा विशेष अदालतले मुसर्रफलाई देशद्रोहको मुद्दामा दोषी ठहर गर्दै पाकिस्तानको संविधानको धारा ६ बमोजिम मृत्युदण्डको फैसला सुनाएको थियो ।

सरकारका तर्फबाट वकिल इस्तियाक ए खानले मुसर्रफमाथि अब कुनै सजाय नरहेको बताएका छन् ।

‘आरोप लगाइएको, विशेष अदालत गठन गरिएको, वादी समूहको छनोट र निर्णय सबै गैरकानुनी छ,’ खानले भने,‘मुसर्रफ अब स्वतन्त्र व्यक्ति हुन्। अब उनीमाथि कुनै सजाय छैन ।’

प्रकाशित मिति : २८ पुस २०७६, सोमबार  ७ : २६ बजे

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा बौद्धमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं – भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु

उद्धार गर्न गएको सेना नै जब टनेलभित्र रात बिताउन बाध्य भयो

काठमाडौं – रसुवाको चिलिमे जलविद्युत् आयोजनाको आउटलेट टनेल क्षेत्रमा उद्धार

चीनले भन्यो : हिमाल र नदीले जोडिएको छिमेकीलाई जलवायु परिवर्तनको मुद्दामा सघाउन तयार छौँ

काठमाडौं – नेपालमा आएको विनाशकारी बाढीपछि विश्वका प्रमुख हरितगृह ग्यास

हाम्रो दुःखमा मित्रराष्ट्रहरू दरिलो खम्बा बनेर उभिनुभएको छ : प्रधानमन्त्री शाह

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मित्र राष्ट्रहरू विपद्को घडीमा