नेकपाले जनयुद्ध दिवस मनाउँदै « Khabarhub

नेकपाले जनयुद्ध दिवस मनाउँदै


१ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारुढ दल नेकपाले आज जनयुद्ध दिवस मनाउँदै छ ।

तत्कालीन  माओवादीले २०५२ साल फागुन १ गते सुरु गरेको  शसस्त्र युद्धको सम्झनामा हरेक बर्ष मनाइदै आएको यो दिवसमा यसपटक प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुँदैछन।

तत्कालिन एमालेबृत्तले जनयुद्धको स्वामित्व ग्रहण गर्न रुचि नदेखाएको भनेर आलोचना भइरहँदा पार्टी एकतापछिको दोस्रो जनयुद्ध दिवसमा भने प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओली कार्यक्रममा सह्रिक हुन लागेका हुन ।

नेकपा केन्द्रीय कार्यालयले जारी गरेको सूचनाअनुसार धुम्बाराहीमा हुने ‍औपचारिक कार्यक्रममा कार्यकारी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री ओली दुबै सहभागी हुँदैछन ।

पार्टी कार्यालयले जारी गरेको सूचना अनुसार आज विहान ९ बजे अध्यक्षद्वय ओली तथा दाहाल जनयुद्धका शहीदहरूको स्मृतिमा आयोजित श्रद्धाञ्जली सभामा उपस्थित हुनेछन्।

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहीबार  ६ : ५९ बजे

नयाँ बसपार्कमा यसरी गरियो विश्वकर्मा पूजा 

काठमाडौं– विश्वकर्मा बाबाको पूजाको अवसरमा काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा बस

वीरगञ्जमा भारतीय कारभित्र चार थान पेस्तोल बरामद

वीरगञ्ज – पर्साको वीरगञ्ज महानगरपालिका–१५ बास्तुबिहार चोकमा सशस्त्र प्रहरीले बेवारिसे

बुटवलमा विश्वकर्मा पूजाको रौनक, १५ सय बढी सवारीसाधन पूजा हुँदै (तस्बिरहरू)

काठमाडौं– विश्वकर्मा पूजाको अवसरमा बुटवलको मैनाबगरस्थित बुटवल अटो इन्जिनियरिङ एसोसिएसनले

चालु आवको दुई महिना : सरकारको आम्दानी भन्दा खर्च नौ अर्बले बढी

काठमाडौं– चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले

प्रहरीले बरामद गरेको एक हजार ३१५ किलोग्राम गाँजा नष्ट

खोटाङ– जिल्ला प्रहरी कार्यालय खोटाङले महिनादिनअघि बरामद गरेको एक हजार