के ४ ओस्कार अवार्ड जित्ने फिल्म ‘पारासाइट’ तमिल फिल्मबाट चोरिएको हो ? « Khabarhub

के ४ ओस्कार अवार्ड जित्ने फिल्म ‘पारासाइट’ तमिल फिल्मबाट चोरिएको हो ?


१ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

९२ औं संस्करणको ओस्कार अवार्डमा चार विधामा अवार्ड जित्ने फिल्म ‘पारासाइट’ लाई दक्षिण भारतीय फिल्मका फ्यानले चोरीको आरोप लगाएका छन् ।

उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशक, उत्कृष्ट विदेशीभाषी फिल्म र उत्कृष्ट स्किृनप्लेको अवार्ड जितेको यो फिल्मको कथा दक्षिण भारतीय फिल्म ‘मिनसारा कन्ना’ को फिल्मबाट प्रभावित भएको आरोप फ्यानले लगाएका छन् ।

‘मिनसारा कन्ना’ चर्चित अभिनेता विजयको फिल्म हो । दर्शकले ‘पारासाइट’ लाई चोरीको आरोप लगाउँदै ट्वीटरमा आक्रोश पोखेका छन् ।

विजयको फिल्म ‘मिनसारा कन्ना’ सन् १९९९ मा रिलिज भएको थियो । फिल्ममा विजय र मोनिकाको शीर्ष भूमिका थियो । कन्नन र इश्वर्याको प्रेम हुन्छ । तर, इश्वर्याकी दिदी प्रेम विवाहको विरुद्धमा हुन्छिन् ।

यही कारण कन्नन आफ्नो पहिचान लुकाएर उनको घरमा सुरक्षागार्डको काम गर्न आउँछन् ।

विस्तारै त्यही घरमा कन्ननका भाइ पनि नोकर बनेर आउँछन् । बहिनी कुक बनेर आउँछिन् । सबै गरीब परिवारका सदस्य एक धनी घरमा आउँछन् ।

धनी परिवारका घरका कुनै पनि सदस्यलाई यी सबै एकै परिवारका हुन् भन्ने थाहा हुँदैन ।

यही आधारमा विजयका तमिल फ्यानले दाबी गरेका छन् कि, पारासाइटमा पनि यस्तै कथा छ र कथा चोरिएको हो ।

फिल्मको प्लट उस्तै भए पनि कहानी भने दुवैमा फरक छ । ‘मिनसारा कन्ना’ मा युवायुवतीको प्रेमकथा देखाइएको छ भने ‘पारासाइट’को कहानी फरक छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहीबार  १ : ४३ बजे

पूर्वी युक्रेनमा भएको रूसी ड्रोन आक्रमणमा चार जनाको मृत्यु

कीभ- पूर्वी युक्रेनमा रूसी ड्रोनले आक्रमण गर्दा पाँच वर्षीय बालकसहित

नक्कली कर्मचारी नियन्त्रणमा

काठमाडौं- गृह मन्त्रालयको शाखा अधिकृत हुँ भनी नक्कली कर्मचारी परिचयपत्र

सुरक्षा निकायको धर्म मुलुक र जनताको सर्वोत्तम हित गर्नु हो : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा

म्याग्दीमा एक जनाको उम्मेदवारी फिर्ता, महावीरले रोजे त्रिभुज

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा स्वतन्त्र उम्मेदवार बनेका