भेनेजुएलाका विपक्षी नेताका काका पक्राउ « Khabarhub

भेनेजुएलाका विपक्षी नेताका काका पक्राउ


१ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कराकास– भेनेजुएलाका विपक्षी नेता हुआँ गुआइदोका काका पक्राउ परेका छन् ।

गुआइदोसँगै विदेश भ्रमणबाट फर्केका उनका काका हुआँ होजे माक्र्वेजलाई राजधानी कराकासमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको भेनेजुएलाका अधिकारीले जनाएका छन् ।

भेनेजुएलामा प्रतिबन्धित सामग्री ल्याएको आरोपमा उनलाई पक्राउ गरिएको भेनेजुएलाको सत्तारुढ समाजवादी पार्टीका उपाध्यक्ष डियोस्डाडो काबेयोले जनाएका छन् । काबेयोले टेलिभिजनमा दिएको अन्तरवार्तामा माक्र्वेजले विदेशबाट बुलेटप्रुफ भेष्ट र संदिग्ध विष्फोटक पदार्थ भित्र्याएको आरोप समेत लगाएका छन् ।

त्यसबाहेक माक्र्वेजले ‘भेनेजुएलाविरुद्ध कारवाहीका लागि विद्युतीय उपकरण’ ल्याएको काबेयोको आरोप छ । यद्यपि माक्र्वेजलाई जबरजस्ती बेपत्ता पारिएको नभई गिरफ्तार गरी कारवाही अघि बढाइएको काबेयोको भनाइ छ ।

अर्कोतर्फ गुआइदोको प्रेस टिमले भने माक्र्वेजलाई निकोलस मादुरोको नेतृत्वमा रहेको भेनेजुएलाको सत्ताले संदिग्ध कर अनियमितताको आरोपमा गिरफ्तार गरेको जनाएको छ । तीन साता लामो विदेश भ्रमणपछि गुआइदोसँगै स्वदेश फर्केका उनले विमानस्थलको अध्यागमन सामान्य रुपमै पास गरेपनि पछि विमानस्थलबाट निस्कनेबेला पक्राउमा परेको गुआइदोको प्रेस टिमले ट्वीटरमार्फत् जानकारी दिएको छ ।

उनीविरुद्ध विमानस्थलनजिकैको अदालतमा बुधबार अबेरबाट कानूनी कारवाही चलाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

उनकी श्रिमतीले भने माक्र्वेज विमानचालक मात्र भएको र राजनीतिक रुपमा उनी स्वतन्त्र रहेको भन्दै उनको रिहाईको माग गरेकी छिन् ।

समाजवादी राष्ट्रपति मादुरोका नीतिका कारण अर्थतन्त्र ओरालो लाग्दै जान थालेपछि हालसम्म भेनेजुएलाबाट ५० लाख भन्दा धेरै मानिसहरु पलायन भइसकेका छन् । सरकार विरोधी प्रदर्शनका माझ गतवर्ष आफूले आफैँलाई राष्ट्रपति घोषणा गरेका गुआइदोलाई अमेरिकासहित ५० भन्दा धेरै मुलुकले अन्तरिम राष्ट्रपतिको मान्यता दिइसकेका छन् ।

मादुरोले भने गुआइदोलाई अमेरिकी कठपुतली भन्दै कूमार्फत् मुलुकको वैधानिक सरकार गिराउन भूमिका खेलेको आरोप लगाउँदै आएका छन् ।

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहीबार  ५ : ०९ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको