कोरोना यो पुस्ताकै खराब स्वास्थ्य संकट : बेलायती प्रधानमन्त्री बोरिस « Khabarhub

कोरोना यो पुस्ताकै खराब स्वास्थ्य संकट : बेलायती प्रधानमन्त्री बोरिस


३० फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कोरोना भाइरसलाई अहिलेको पुस्ताकै सबैभन्दा खराब स्वास्थ्य संकट भएको बताएका छन् ।

विश्वमा महामारीका रुपमा फैलिएको कोरोनाबाट बच्न विशेष कदम चाल्नुपर्ने अवस्था आएको पनि उनले बताएका छन् ।

प्रधानमन्त्री बोरिसले कोरोना भाइरसको संक्रमण फैलनबाट रोक्ने तरिकामा परिवर्तन ल्याउनुपर्ने बताएका छन् । उनले भनेका छन् ‘यसबाट बच्नका लागि ठूलो कदम उठाउनुपर्ने बेला आएको छ ।’

प्रधानमन्त्री बोरिसले भने, ‘सरकारी स्वास्थ्य सेवा एनएचएस यतिबेला दबाब झेलिरहेको छ र मानिसहरुलाई सल्लाह दिइएको छ कि जसलाई ज्वरो आएको छ, लगातार खोकी लागिरहेको छ उनीहरुले सात दिनका लागि आफूलाई अरु व्यक्तिको सम्पर्क भन्दा टाढा राखुन् ।’

बेलायतमा अहिलेसम्म कोरोना भाइरसका कारण १० जनाको मृत्यु भइसकेको छ । ५ सय ९० जना संक्रमित छन् ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  ७ : २४ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार