बिपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा हेल्प डेस्क स्थापना « Khabarhub

बिपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा हेल्प डेस्क स्थापना


३० फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धरान- कोरोना सङ्क्रमण बिरामीको पहिचानका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले ‘हेल्प डेस्क’ सञ्चालनमा ल्याएको छ ।

प्रतिष्ठानका निर्देशक प्राडा गौरीशङ्कर साहको नेतृत्वमा १२ सदस्यीय ‘र्‍यापिड रेस्पोन्स टिम’ बनाएको थियो । सो भाइरस सङक्रमण हुन नदिन र सङ्क्रमित भेटिए उपचार गर्न बिहीबार सो डेस्क स्थापना गरिएको निर्देशक प्राडा साहले जानकारी दिए ।

उनले प्रतिष्ठानमा विशेष गरी ज्वारो तथा रुघाखोकी लागेर सेवा लिन आउने बिरामीलाई डेस्कले समन्वय गरी सहयोग गर्ने जानकारी दिए । भाइरसको सङ्क्रमण देखिएका बिरामीलाई ‘आइसोलेशन वार्ड’मा राखिने प्रतिष्ठानले जनाएको छ । यसका लागि प्रतिष्ठानमा १० वटा श्यया र तीन सघन उपचार कक्ष छुट्याएको छ ।

चिकित्सकका लागि व्यक्तिगत सुरक्षाका सबै सामग्री उपलब्ध गराएको छ । सो वार्डका बिरामीको उपचारका लागि चिकित्सकका लागि एम ९५ मास्क, गाउन, चस्मा, थर्मो स्केललगायत सुरक्षाका सामग्री व्यवस्थापन गरिएको प्राडा साहले जानकारी दिए ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  ९ : ३९ बजे

रहेनन् कांग्रेसका वरिष्ठ नेता गोपालमान 

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ

चिकित्सकहरू थप रणनीति बनाउँदै (तस्बिरहरू)

काठमाडौं– वीरगञ्जस्थित नारायणी अस्पतालमा भएको कुटपिटको विरोधमा आन्दोलनरत चिकित्सक थप रणनीति

जापानमा ७.१ म्याग्निच्युडको भूकम्प पछि सुनामीको चेतावनी

टोकियो- दक्षिण पश्चिमी जापानमा मङ्गलबार ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गए

कप्तानगञ्ज घटना : छानबिन समिति घटनास्थल पुग्यो, प्रशासनमा छलफल जारी

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा भएको घटना छानबिनका लागि गठन भएको समिति

देवानगञ्ज घटनापछि सुनसरी तनावग्रस्त, आगजनी र तोडफोड, घरघरमा पसेर स्थानीयलाई कुटपिट

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार राति भएको हिंसात्मक घटनापछि