कोरोनाभाइरस महामारी नसकिएसम्म तलब नलिने प्रधानमन्त्री ओलीको घोषणा « Khabarhub

कोरोनाभाइरस महामारी नसकिएसम्म तलब नलिने प्रधानमन्त्री ओलीको घोषणा


१ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस(कोभिड १९) को महामारी समाप्त नभएसम्म आफूले तलब नलिने घोषणा गरेका छन् ।

नयाँ वर्ष २०७७ को शुभकामना जारी गर्दै प्रधानमन्त्री ओलीले कोरोना भाइरस विरुद्धको युद्ध बलियो एकतामा आपसी सहयोग र समझदारीबाट जित्न सकिने बताएका छन् ।

आवश्यक पर्दा ‘हुनेको गास काटेर, नहुनेलाई बचाउने’ हाम्रो परम्परा पनि भएको बताउँदै प्रधानमन्त्री ओलीले आफू देशको कार्यकारी भएका कारण प्रधानमन्त्रीको रुपमा पाउने तलव नलिने घोषणा गरेका हुन् ।

शुभकामना सन्देशमा प्रधानमन्त्रीले भनेका छन्, ‘मुलुकको कार्यकारी प्रमुखका हैसियतले कोरोना महामारी समाप्त नभएसम्म मैले आफ्नो पारिश्रमिक ‘कोभिड–१९, प्रधानमन्त्री राहत कोष’मा जम्मा गर्ने निर्णय गरेको छु ।’

नयाँ वर्षको उपलक्षमा प्रधानमन्त्री ओलीले लामो सन्देश जारी गर्दै भनेका छन्, ‘मैले पटकपटक भन्दै आएको छु, यो युद्ध सबैको बलियो एकतामा जितिने युद्ध हो । विश्वव्यापी यस संकटको समाधान विश्वव्यापी प्रयास, साझेदारी र सहयोगबाट मात्र सम्भव छ । देश भित्रको संकट व्यवस्थापनमा एकताबद्ध राष्ट्रिय प्रयास सर्वाेपरि रहनुपर्छ । मुलुक प्रगतिमा रहेको बेला हुने उपलब्धिको न्यायोचित वितरण र अप्ठ्यारोमा हुने क्षतिको सह–भारबहन हामी सबैले नै मिलेर गर्नुपर्छ । आवश्यक पर्दा ‘हुनेको गास काटेर, नहुनेलाई बचाउने’ त हाम्रो परम्परा पनि हो । मुलुकको कार्यकारी प्रमुखका हैसियतले कोरोना महामारी समाप्त नभएसम्म मैले आफ्नो पारिश्रमिक ‘कोभिड–१९, प्रधानमन्त्री राहत कोष’मा जम्मा गर्ने निर्णय गरेको छु ।’

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  १० : ०४ बजे

गृहमन्त्री गुरूङ र दुई आईजीपी फेरि छलफलमा जुटे, थप नेताहरू पक्राउ पर्न सक्ने 

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले शनिबार साँझ नेपाल प्रहरी र सशस्त्र

प्रधानमन्त्री शाहलाई नेकपाको बधाई, सरकारको कदमप्रति ध्यानाकर्षण

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र

ढोरपाटनमा दोस्रो यामको सिकार सुरु

गलकोट– नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा अहिले दोस्रो यामको

भीरबाट लडेर घाइते एक जनाको निधन

अदानचुली– शुक्रबार दिउँसो भीरबाट लडेर गम्भीर घाइते चङ्खेली गाउँपालिका–२ गर्खाका अक

एमाले अध्यक्ष ओली पक्राउको विरोधमा उत्रेका सात प्रदर्शनकारी पक्राउ

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी