लकडाउनका बेला पनि अत्यावश्यक सेवाका सवारीको मर्मत गर्दै सिप्रदी « Khabarhub

लकडाउनका बेला पनि अत्यावश्यक सेवाका सवारीको मर्मत गर्दै सिप्रदी


१ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले लकडाउनका बेला समेत सवारी साधनहरुको मर्मत तथा सर्भिसिङलाई जारी राखेको छ ।

अत्यावश्यक सेवाका लागि परिचालन भएका सवारी साधनहरु बिग्रेको अवस्थामा तत्काल मर्मत गर्ने गरी सर्भिसिङ सेवा प्रदान गरिएको सिप्रदी ट्रेडिङले जानकारी दिएको छ ।

कोरोना भाइरसको संक्रमण रोक्नका लागि सरकारले चैत ११ गतेदेखि लकडाउन घोषणा गरेको थियो । सिप्रदीले त्यसयता करिब १०० भन्दा बढीको संख्यामा एम्बुलेन्स, आकमिस्मक स्वास्थ्य सेवा र सुरक्षामा खटिएका गाडीको मर्मत गरेको छ । यस्तै लकडाउनको अवधिमा १६० भन्दा बढी सवारीसाधनहरुलाई पूर्ण सेवा दिइएको पनि कम्पनीले जनाएको छ ।

कम्पनीले आफ्ना कर्मचारी तथा मजदुरहरुको पूर्ण सुरक्षामा विशेष सावधानी अपनाएर सेवाहरु प्रवाह गरिरहेको जनाएको छ ।

‘सरकारद्वारा जारी गरिएका नियम पालना गरी हाम्रा आधिकारीक बिक्रेता, सेवा केन्द्रहरु, सहकर्मी तथा कर्मचारीहरु २४सै घण्टा राष्ट्रका सेवक तथा हाम्रा ग्राहकहरुलाई सेवा दिन तयार छन्,’ कम्पनीले एक विज्ञप्तीमा भनेको छ ।

सिप्रदीले लकडाउनको अवस्थामा पनि देशका विभिन्न २५ स्थानबाट सवारीसाधनहरुलाई सेवा दिइरहेको जनाएको छ ।

कम्पनीले अत्यावश्यक सेवाका लागि खटिएका सवारी साधन (एम्बुलेन्स) लगायतको मर्मत आवश्यक परेमा फोन नम्बर १६६००१५५७७७ (एनटीसी) र ९८०१५७५७७७ (एनसेल)मा सम्पर्क गर्न पनि अनुरोध गरेको छ ।

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  २ : १६ बजे

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर

एनपीएलको टिकट मूल्य सार्वजनिक

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर

साउदी रक्षा मन्त्रालय, फहद र आब्हा विमानस्थल तथा आरामको तेल केन्द्रमा हमला गरेको हुथीको दाबी

काठमाडौं- यमनको विद्रोही समूह हुथीले साउदी अरेबियाका विभिन्न सामरिक महत्वका

सामाजिक सञ्जालबाटै करोडौँ आम्दानी

अर्घाखाँची- सामाजिक सञ्जाललाई लिएर समाजमा एउटा धारणा अझै बलियो छ,

डण्डा दुर्घटना : मृतकका परिवारद्वारा निष्पक्ष अनुसन्धानको माग

कावासोती- नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका-१६ डण्डामा कारको