क्वारेन्टाइनबाट घर फर्केकी थिइन् कैलालीकी कोरोना संक्रमित महिला « Khabarhub

क्वारेन्टाइनबाट घर फर्केकी थिइन् कैलालीकी कोरोना संक्रमित महिला


१ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी- कैलालीको लम्कीचुहा नगरपालिका वानं १ की ६५ वर्षीयमा एक महिलामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या पाँच पुगेको छ ।

र्‍यापिड टेष्टमा नेगेटिभ देखिए पनि प्रयोगशाला परीक्षणमा उनीमा कोरोना संक्रमण भएको सोमबार स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो ।

थ्रोट स्वाव जाँच गर्दा यि महिलामा कोरोनाको संक्रमण देखिएको श्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिएका हुन् ।

सुदूरपश्चिममा संक्रमित पाँचै जनाकाे सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । सेती प्रादेशिक अस्पतालका प्रवक्ता तथा आकस्किम कक्ष विभाग प्रमुख चिकित्सक जगदिश जोशीले सवैको अवस्था समान्य रहेको जानकारी दिए ।

आज कोरोनाको संक्रमण पुष्टि भएकी उनी वीरगन्जबाट कैलाली आएकी महिला हुन् । वीरगन्ज बसपार्कमा चिया पसल सञ्चालन गर्दै आएकी उनी लकडाउनका कारण गत चैत १८ गते गृहजिल्ला  कैलाली पुगेकी हुन् । उनी वीरगञ्जबाट फर्किएपछि लम्की बहुमुखी क्याम्पसमा क्वारेन्टाइनमा वसेकी थिइन्।

र्‍यापिड टेष्टमा  कोरोनाको रिपोर्ट नेगेटिभ देखिएपछि उनी सहित क्वारेन्टीनमा वसेका ५२ जनालाई चैत २९ गते घर पठाइएको थियो।

५२ जना मध्ये १७ जना संक्रमण देखिएको महिलाकै परिवारका सदस्य र आफन्त थिए । ती सवै वीरगन्जमा उनी सँगै आएका हुन।

उनको थ्रोट स्वावको जाँच गर्दा पोजेटिभ देखिएको हो। यि महिलामा पोजेटिभ देखिएपछि १७ जनालाई नै पुन क्वारेन्टाईनमा राखिएको छ।

यस अघि दुवैबाट फर्केका धनगढी उपमहानगरपालिका वाडा नं ५ का ३४ वर्षीय युवक, ३४ वर्षीया  उनकै भाउजु, कैलाली लम्की चुहा नगरपालिका वानं ९ का २१ वर्षीय युवक र कंचनपुर बेदकोट नगरपालिका वा नं १० का ४१  वर्षीय  पुरुषलाई संक्रमण देखिएको छ ।

 

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  ८ : ५७ बजे

बजेट निर्माणमा सुधार, ढिला गर्ने स्थानीय तहको संख्या घट्यो

काठमाडौं – स्थानीय तहको बजेट निर्माण प्रक्रियालाई प्रभावकारी बनाउन भूमि

जहाजमाथि आक्रमणपछि होर्मुज जलमार्गमा आवागमन सुस्त

लन्डन – होर्मुज जलमार्ग हुँदै आवतजावत गर्ने एउटा जहाजमाथि शनिबार

सामुदायिक वनमा एक हजार सात सय रुद्राक्ष रोपियो

तनहुँ – तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरी सामुदायिक वनमा जिल्लामै

आजका समाचार : होल्डिङ सेन्टरबाट एक जना पक्राउ विद्यार्थी संगठन हटाउन त्रिविको निर्देशन, मनाइयो असार १५ र भेनेजुएलालाई चीनको सहायता

राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयकमाथि विचार गरियोस्’ प्रस्ताव स्वीकृतराष्ट्रिय सभाको बैठकले

ओलीले भनेजस्तै कांग्रेस फुटिसकेको हो ?

काठमाडौं- पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार