निजी क्षेत्रका पेट्रोल पम्प हप्तामा एक दिनमात्र खुल्ने « Khabarhub

निजी क्षेत्रका पेट्रोल पम्प हप्तामा एक दिनमात्र खुल्ने


३१ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल आयल निगमले कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै निजी पेट्रोल पम्पहरु हप्तामा एक दिन मात्रै खोल्न दिने भएको छ ।

बुधबार नेपाल आयल निगमले सरकारी तथा सहकारी क्षेत्रबाट संचालित बाहेक अन्य पेट्रोल पम्पहरु हप्तामा एक दिन मात्रै संचालन गर्न पाउने निर्णय गरेको हो।

निगमले एक विज्ञप्ति जारी गर्दै कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सावधानीपूर्वक कारोबार गरिने प्रष्ट पारेको छ।

निगमका अनुसार जिल्लाबाट समन्वय गरी एउटा पेट्रोलपम्म हप्तामा संचालन गर्न मिल्ने गरी बार मिलाइने भएको छ।

पेट्रोलियम पदार्थसँग सम्बन्धित रहेर काम गर्नेहरु अर्थात भारतमा नै पुगेर आयत गर्नेमार्फत जोखिम बढ्दै गएकोले उनीहरुको कोरोना परिक्षणको लागि सम्बन्धित निकायलालाई आग्रह गर्ने निर्णय समेत निगमले गरेको छ।

निगममा कार्यरत सम्पूर्ण कर्मचारीको १ लाख बराबरको कोरोना बीमा गरिदिने निर्णय पनि निगमले गरेको छ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  ६ : ४० बजे

अदालतमा चलिरहेको मुद्दामा विदेशबाट पनि बयान, वकपत्र गर्न सकिने आदेश

काठमाडौं – सर्वोच्च अदालतले नेपालमा चलिरहेको मुद्दामा विदेशबाट अनलाइनमार्फत बयान,

रास्वपा परित्याग गरेकी शर्मा कांग्रेस केन्द्रीय सदस्यमा मनोनयन

काठमाडौं – नेपाली कांग्रेसले पार्टीको केन्द्रीय सदस्यमा ममता शर्मा (बारा)लाई

आरसीबीले बनायो कीर्तिमानी स्कोर, गुजरातलाई २५५ रनको लक्ष्य

काठमाडाैं – इन्डियन प्रिमियर लिग २०२६ को क्वालिफायर–१ मा रोयल

वैदेशिक रोजगारीबाट श्रीलंकामा उच्च रेमिट्यान्स भित्रिने अपेक्षा

कोलम्बो – श्रीलंकाले सन् २०२६ को अन्त्यसम्म वैदेशिक रोजगारीबाट प्राप्त

मनसुनी विपद्ः उद्धारका लागि एक सय ३४ गोताखोरसहित २६ हजार सुरक्षाकर्मी तयारी अवस्थामा

काठमाडौं – नेपालमा प्रवेश गर्न लागेको मनसुनका समयमा हुने विपद्जन्य