कोरोनाको भ्याक्सिन विकासमा चीन सफलता नजिक, निर्णायक परीक्षण ब्राजिलमा गरिदै | Khabarhub Khabarhub

कोरोनाको भ्याक्सिन विकासमा चीन सफलता नजिक, निर्णायक परीक्षण ब्राजिलमा गरिदै


३१ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  कोरोना भाइरसविरुद्धको भ्याक्सिन विकासमा चीन सफलता नजिक पुगेको छ ।

चीनको बायोटेक कम्पनी सिनोभ्याकले तयार पारेको भ्याक्सिनको निर्णायक परीक्षण ब्राजिलमा हुने भएको छ । उक्त परीक्षण सफल भए भ्याक्सिनमा चीनले सफलता पाउनेछ ।

चीनको सिनोभ्याक कम्पनीले यसअघि चीनमै आफ्नो भ्याक्सिनको परीक्षण गरिसकेको छ । अन्तिम र निर्णायक परीक्षणको लागि उसलाई ठूलो संख्यामा संक्रमित बिरामीहरुको आवश्यकता परेपछि यसको परीक्षण ब्राजिलमा गर्न लागिएको हो ।

समाचार एजेन्सी एपीका अनुसार ब्राजिलको साओ पाउलो सरकारले त्यहाँका ९ हजार जनामा परीक्षणको लागि सिनोभ्याक बायोटेकले पर्याप्त मात्रामा प्रायोगिक भ्याक्सिन पठाउने घोषणा गरेको छ । परीक्षण अर्को महिना सुरु गरिनेछ ।

अमेरिकी बायोटेक कम्पनी मोडर्नाले पनि आफ्नो भ्याक्सिनको निर्णायक ट्रायल जुलाइमै गर्ने घोषणा गरिसकेको छ ।

प्रकाशित मिति : ३१ जेठ २०७७, शनिबार  ११ : ४८ बजे

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई

युक्रेनका थप दुई गाउँ कब्जा गरेको रुसको दाबी

मस्को – रुसले युक्रेनका थप दुई सीमावर्ती गाउँ कब्जा गरेको

चितवनमा चालुआवको हालसम्म ६ बाघ मृत भेटिए

चितवन – चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका क्षेत्रमा छवटा

तुम्लिङटार विमानस्थलमा दुई सातापछि उडान

सङ्खुवासभा – विमानस्थल वरपरको डाँडामा फैलिएको तुवालो हटेपछि हिमाली जिल्ला

सन्दीप लामिछानेको मुद्दामा जोडेर चरित्र हत्या गर्न खोजियो : पारस खड्का

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले आफ्नो