कोरोनाका विरुद्धको लडाइँमा सरकारको उल्टो दौड : राहुल गान्धी « Khabarhub

कोरोनाका विरुद्धको लडाइँमा सरकारको उल्टो दौड : राहुल गान्धी


३१ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- भारतीय काँग्रेसका नेता राहुल गान्धीले भारत सरकारले कोरोना विरुद्धको लडाईँका लागि सही बाटोमा नहिडेको बताएका छन् । उनले सरकार अहिले उल्टो दौडमा रहेकोले देशमा कोरोना विरुद्धको महामारी जित्न नसकिने बताएका हुन् ।

भारतमा कोरोना संक्रमित बढेपछि आफ्नो ट्वीटर अकाउन्टमा उनले यस्तो प्रतिक्रिया दिएका हुन् । भारतमा शुक्रबारदेखि शनिबार बिहानसम्मको २४ घन्टाको अवधिमा मात्र ११ हजार ४५८ जना संक्रमित भेटिएका छन् । यो नै भारतमा २४ घन्टाको अवधिमा सबैभन्दा बढी संक्रमित भेटिएको घटना हो ।

एक दिनमा भएका संक्रमितका यो संख्या सार्वजनिक भएसँगै काँग्रेसका नेता गान्धीले सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्ने बाटो नलिएको र यो उसको उल्टो दौड भएको बताएका हुन् ।

उनले यसअघि पनि सरकारको आलोचना गर्दै आएका छन् । उनले हाल सरकारले जारी राखेको लकडाउन असफल भएको टिप्पणी गरे ।

भारत सरकारले लिएको यस लकडाउनको नीतिले भारतमा कोरोना भाइरसको संक्रमण रोक्न नसकेको उनको आरोप छ । उनले संक्रमितहरु दिनप्रति दिन बढ्दै गएका तर सरकारले लकडाउनको नीतिलाई राम्रोसँग पालना गराउन नसकेको आरोप सरकारमाथि लगाए ।

उनले पछिल्ला दिनहरुमा भारतमा हरेक दिन १० हजारभन्दा बढी नै संक्रमितहरु थपिने गरेकोले सरकार यो महामारी रोक्न सक्ने गरी काम नगरेको र सरकार असफल भएको बताए ।

उनले भारतमा पनि अमेरिका र बेलायतको जस्तो महामारीको अवस्था आउने कुरा पछिल्ला तथ्यांकहरुले देखाएको धारणा राखे ।

उनले यहाँको महामारी रोक्न नसकेपछि अब सरकारले अरु विकल्पहरु रोज्नुपर्ने पनि ट्वीटमार्फत सुझाएका छन् । भारतमा शनिबार बिहानसम्म ३ लाख ८ हजार ९९३ जना संक्रमित भएका छन् । यस महामारीबाट यहाँ ८ हजार ८८४ जनाको ज्यान गएको छ ।

प्रकाशित मिति : ३१ जेठ २०७७, शनिबार  ३ : २७ बजे

ब्रह्माकुमारी राजयोग सेवा केन्द्रद्वारा रक्तदान अभियान सम्पन्न, ८ हजार ६९४ पिन्ट रगत संकलन

काठमाडौं– ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, नेपालद्वारा आयोजित देशव्यापी बृहत् रक्तदान

भोटेकोशी बाढी : हालसम्म २५८ जनाको शव फेला

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण हालसम्म २५८ जनाको

नेपालको बाढीपछि भारतीय विदेशमन्त्री निरन्तर सक्रिय

काठमाडौं- भारतका विदेशमन्त्री एस जयशंकरले नेपालमा आएको विनाशकारी बाढीपहिरोबारे उच्चस्तरीय

विदुर पुगेर प्रधानमन्त्री शाहले भने- राहत र पुनर्स्थापना तीव्र पार्नू

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले आज बाढीबाट अत्यधिक प्रभावित नुवाकोटको विदुर

उपप्रधानमन्त्रीपछि चीनका प्रधानमन्त्री पनि आइपुगे बाढी प्रभावित क्षेत्र केरूङ

काठमाडौं- चीनका प्रधानमन्त्री लि क्वाङ बाढीपहिरोबाट प्रभावित चीनको स्वायत्त क्षेत्र