इंग्ल्याण्डविरूद्धको पहिलो टेष्टमा वेष्ट इण्डिज ४ विकेटले विजयी « Khabarhub

इंग्ल्याण्डविरूद्धको पहिलो टेष्टमा वेष्ट इण्डिज ४ विकेटले विजयी


२९ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना संक्रमणपछि सुरु भएको अन्तर्राष्ट्रिय क्रिकेटको पहिलो सिरिजअन्तर्गत पहिलो टेष्टमा घरेलु टोली इंग्ल्यान्ड ४ विकेटले पराजित भएको छ ।

साउथह्याप्टनमा पाँचौ तथा अन्तिम दिन २ सय रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले ६४.२ ओभरमा ६ विकेटको क्षतिमा उक्त पूरा गर्‍यो ।

वेस्ट इन्डिजका जेर्मेन ब्ल्याकउडले उत्कृष्ट ब्याटिङ गर्दै जीत पक्का गराए । ६०.४ ओभरमा बेन स्टोक्सले जेम्स एन्डरसनबाट क्याच आउट भएका उनी टेष्ट करिअरको दोस्रो शतक पूरा गर्न मात्र पाँच रनले चुके । उनले १ सय ५४ बलमा १२ चौका सहित महत्वपूर्ण ९५ रन जोड्दै टोलीको जीत सहज बनाए ।

कप्तान जेसन होल्डर १४ रनमा अविजित रहे । वेस्ट इन्डिजको सुरुवात भने राम्रो हुन सकेन । ओपनर क्रेग ब्रेथवेटलाई जोफ्रा आर्चरले ४ रनमा बोल्ड आउट गरे । शम्राह बूक्सलाई आर्चरलेनै शून्यमा एलबीडब्ल्यु आउट गरे ।

जोन क्याम्पबेल १ रनमा रिटायर्ट हर्ट आउट भए । शाई होपलाई मार्क उडले ९ रनमा बोल्ड आउट गरे । रोस्टन चेस ३७ र शेन डोरीच २० रनमा आउट भए । इंग्ल्यान्डका जोफ्रा आर्चरले ३, बेन स्टोक्सले २ र मार्क उडले १ विकेट लिए ।

त्यसअघि इंग्ल्यान्ड दोस्रो इनिङमा १११.२ ओभरमा ३ सय १३ रनमा अल आउट भएको थियो । वेस्ट इन्डिजले पहिलो इनिङमा १ सय १४ रनले अग्रता लिएकाले समग्रमा २ सय रनको लक्ष्य पाएको थियो ।

संघर्षपूर्ण सुरुवातले इंग्ल्यान्डका शीर्षक्रम समालिए पनि तल्लोक्रमका ब्याट्सम्यान भने समालिन सकेनन् । ३६.१ ओभरमा रोरी बर्न्स ४२ रनमा क्याच आउट हुनुअघि डोम सिब्लेसँग मिलेर पहिलो विकेटका लागि ७६ रनको साझेदारी गरेका थिए ।

कप्तान बेन स्टोक्स र युवा ब्याट्सम्यान ज्याक क्रलीले ९८ रनको साझेदारी गदैं राम्रो योगफलको आशा देखाएका थिए । तर स्टोक्सलाई कप्तान जेसन होल्डरले शाई होपबाट ४६ रनमा क्याच गराएपछि इंग्ल्यान्ड समालिन सकेन ।

क्रलीले १ सय २७ बलमा ८ चौका सहित सर्वाधिक ७६ रनको योगदान दिए । आफ्नो टेष्ट करिअरकै उच्च प्रदर्शन गरेका क्रलीलाई अल्जारी जोशेफले कट एण्ड बोल्ड आउट गर्दै पेभिलिएन फर्काए ।

यो जीतसँगै पाहुना टोली वेस्ट इन्डिजले तीन टेष्ट सिरिजमा १-० को अग्रता कायम गरेको छ । दोस्रो टेष्ट जुलाई १६ देखि २० सम्म म्यानचेस्टरमा हुने छ ।

प्रकाशित मिति : २९ असार २०७७, सोमबार  ५ : ४३ बजे

भदौ २३ र २४ मा आन्दोलन हुने खबर भ्रामक छ: रक्षा बम

काठमाडौँ – आगामी भदौ २३ र २४ गते सरकारविरुद्ध पुनः

मधेस प्रदेशमा गत वर्ष ८२१ उद्योग बन्द

जनकपुरधाम– आर्थिकमन्दीलगायतका कारणले मधेस प्रदेशमा गत आर्थिक वर्ष २०८२–८३ मा

अभ्यास खेलमा मलेसियाविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल

काठमाडौँ – एसिसी पुरुष प्रिमियर कपको तयारीका क्रममा नेपालले मलेसियाविरुद्ध

म्याग्दीका पाँच सय घरमा खानेपानीको पहुँच

म्याग्दी– म्याग्दी जिल्लामा गण्डकी प्रदेश सरकारमार्फत पछिल्लो एक वर्षमा सञ्चालित

विश्वमै अनुपम नेपाल-भारत सैन्य सम्बन्ध

नेपाल र भारतबीचको परम्परागत बहुआयामिक सम्बन्धको एउटा बलियो स्तम्भ यी