विभिन्न स्थानमा भारी वर्षा,  ९ जिल्ला बाढीपहिरो र डुबानको उच्च जोखिममा « Khabarhub

विभिन्न स्थानमा भारी वर्षा,  ९ जिल्ला बाढीपहिरो र डुबानको उच्च जोखिममा


२९ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मनसुनी वायु सक्रिय रहँदा आज पनि मुलुकका विभिन्न स्थानमा भारी वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश बाहेकका सबै क्षेत्रमा अहिले वर्षा भइरहेको छ ।

नवलपरासी, रूपन्देही, कपिलवस्तु, स्याङ्जा, पर्सा, बारा, रौतहट, सर्लाही र महोत्तरीका विभिन्न स्थानमा भने भारी वर्षा भइरहेकाले ती क्षेत्र बाढीपहिरो र डुबानको उच्च जोखिममा छन् ।

नवलपरासी डण्डा, कावाशोती र आसपासको गिरिउवारी लगायत अन्य स-साना नदी तटीय क्षेत्रमा खतरा तह आसपासको बाढी आउन सक्ने भएकाले सतर्क रहन बाढी सूचना केन्द्रले आह्वान गरेको छ ।

यस्तै स्याङ्जाको पुतलीबजार स्थित बर्षामापन केन्द्रमा पनि भारी बर्षामापन भएकाले आधीखोला, बाधखोला लगायत साना नदीहरुमा आकस्मिक बाढी हुनको साथै कमजोर भिरालो क्षेत्रमा पहिरो जान सक्ने भएकाले सतर्क रहन मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।

प्रदेश २ को पर्सा, बारा, रौतहट, सर्लाही र महोत्तरी लगायतका जिल्लाको भारतीय सीमा आसपास मध्यमदेखि भारी वर्षा भइरहेकाले बाढी र डुबानको खतरा रहेकाले सतर्क रहन आह्वान गरिएको मौसमविद् वरूण पौडेलले जानकारी दिए ।

मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनका अनुसार अहिले आज दिउँसो पनि देशभर सामान्य देखि पूर्ण बदली रही धेरैजसो स्थानहरुमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा दिउँसो पनि भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २९ असार २०७७, सोमबार  ७ : ४५ बजे

ओखलढुंगाको तीनछाँगे झरना पर्यटकको पर्खाइमा

ओखलढुङ्गा- ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–९ ककनीमा रहेको तीनछाँगे झरना पर्यटकका पर्खाइमा

सभामुखकी सासू आमाको निधनपछि प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौँ – सभामखु डिपी अर्यालकी सासू आमाको निधनपछि प्रतिनिधिसभाको बैठक

पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

चितवन– पूर्वी चितवनको रत्ननगरमा पालिएका पशु चौपायमा रेविजको सङ्क्रमण देखिएको

काठमाडौँमा सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन (तस्बिरहरू)

काठमाडौँ– काठमाडौँ उपत्यकाका सडकमा देखिएका खाल्डाखुल्डी तत्काल पुर्न सडक डिभिजन

आजको प्रतिनिधिसभा बैठक स्थगित : बुधबार दिउँसो १ बजे बस्ने

काठमाडौँ – प्रतिनिधिसभाको बैठक सारिएको छ। सङ्घीय संसद सचिवालयका अनुसार