विभिन्न स्थानमा भारी वर्षा,  ९ जिल्ला बाढीपहिरो र डुबानको उच्च जोखिममा « Khabarhub

विभिन्न स्थानमा भारी वर्षा,  ९ जिल्ला बाढीपहिरो र डुबानको उच्च जोखिममा


२९ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मनसुनी वायु सक्रिय रहँदा आज पनि मुलुकका विभिन्न स्थानमा भारी वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश बाहेकका सबै क्षेत्रमा अहिले वर्षा भइरहेको छ ।

नवलपरासी, रूपन्देही, कपिलवस्तु, स्याङ्जा, पर्सा, बारा, रौतहट, सर्लाही र महोत्तरीका विभिन्न स्थानमा भने भारी वर्षा भइरहेकाले ती क्षेत्र बाढीपहिरो र डुबानको उच्च जोखिममा छन् ।

नवलपरासी डण्डा, कावाशोती र आसपासको गिरिउवारी लगायत अन्य स-साना नदी तटीय क्षेत्रमा खतरा तह आसपासको बाढी आउन सक्ने भएकाले सतर्क रहन बाढी सूचना केन्द्रले आह्वान गरेको छ ।

यस्तै स्याङ्जाको पुतलीबजार स्थित बर्षामापन केन्द्रमा पनि भारी बर्षामापन भएकाले आधीखोला, बाधखोला लगायत साना नदीहरुमा आकस्मिक बाढी हुनको साथै कमजोर भिरालो क्षेत्रमा पहिरो जान सक्ने भएकाले सतर्क रहन मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।

प्रदेश २ को पर्सा, बारा, रौतहट, सर्लाही र महोत्तरी लगायतका जिल्लाको भारतीय सीमा आसपास मध्यमदेखि भारी वर्षा भइरहेकाले बाढी र डुबानको खतरा रहेकाले सतर्क रहन आह्वान गरिएको मौसमविद् वरूण पौडेलले जानकारी दिए ।

मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनका अनुसार अहिले आज दिउँसो पनि देशभर सामान्य देखि पूर्ण बदली रही धेरैजसो स्थानहरुमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा दिउँसो पनि भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २९ असार २०७७, सोमबार  ७ : ४५ बजे

आइसिसी महिला टी-२० विश्वकप छनोट: पहिलो खेलमा आज थाइल्याण्डसँग भिड्दै नेपाल

काठमाडौं – नेपालको आयोजनामा आजदेखि आइसिसी महिला टी-२० विश्वकप ग्लोबल

राष्ट्रिय सभाको अधिवेशन आजदेखि : बैठक सिंहदरबारमा बस्ने

काठमाडौं – राष्ट्रिय सभाको १९औँ अधिवेशन आइतबारदेखि सुरु हुँदैछ। नयाँ

निर्वाचन ४६ दिन बाँकीः आचारसंहिता पालनामा जिम्मेवार बन्न आग्रह

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन एवं निर्वाचन अधिकृतको

अमेरिकी डलर उच्च बिन्दुमा : कुन विदेशी मुद्राको मूल्य कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।