अश्लील भिडियो बनाई पोष्ट गर्ने पक्राउ « Khabarhub

अश्लील भिडियो बनाई पोष्ट गर्ने पक्राउ


२९ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- १७ वर्षीया एक युवतीको अश्लील भिडियो बनाई  वेवसाइटमा पोष्ट गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको साइबर ब्युरोको टोलीले अश्लील भिडियो बनाएर पोर्न वेबसाइटमा राख्ने काठमाडौँ गोँगबु बस्ने २३ वर्षीय सुरज श्रेष्ठलाई आइतबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

ब्युरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक नविन्द्र अर्यालले श्रेष्ठले साइबर अपराध गरेर अश्लील भिडियो पोर्न वेबसाइटमा राखेकाले पक्राउ गरिएको जानकारी दिए ।

अभियुक्त श्रेष्ठलाई काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उनलाई विद्युतीय कारोवार ऐन, २०६३ को परिच्छेद ९ को कसुरमा कारवाही गरिने ब्युरोले जनाएको छ ।

प्रकाशित मिति : २९ असार २०७७, सोमबार  १० : ११ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ