चिकित्सकसहित १६ कोरोना संक्रमित थपिए, भरतपुर अस्पताल सिल « Khabarhub

चिकित्सकसहित १६ कोरोना संक्रमित थपिए, भरतपुर अस्पताल सिल


२९ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- भरतपुर अस्पताल कोभिड-१९ परीक्षण प्रयोगशालामा बिहीबार गरिएको परीक्षणमा चितवनका १२ सहित थप १६ जनामा कोरोना भाइरसको सक्रमण पुष्टि भएको छ ।

विहीबार साँझ भरतपुर अस्पतालले दिएको जानकारी अनुसार थप १६ जनामा कोरोना पुष्टि भएको हो ।

संक्रमित भएकाहरुमा भरतपुर महानगरपालिका वडा नम्बर २, ४, ७, १० का क्रमशः २३, ३०, २९, २० ३२, ३५, २३, २८ पुरुष र २५ बर्षिया एक महिला गरी ९ जनामा कोरोना पुष्टि भएको हो  ।

त्यस्तै राप्ती नगरपालिकाका वडा नम्बर ९ मा ३७ वर्षीया एक महिला रत्ननगर नगरपालिका वडा नम्बर १३ कि ६३ वर्षीय महिला र खैरहनी नगरपालिका वडा नम्बर ८ का २३ वर्षीय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाका प्रमुख डाक्टर नितु अधिकारीले जानकारी दिइन् ।

यसैगरी बिहीबार भरतपुर प्रयोगशालामा गरिएको परीक्षणमा नवलपुरका २८ वर्षीय पुरुष, सर्लाहीका ४५ वर्षीय पुरुष, मकवानपुरकी २२ वर्षीय महिला र तनहुँकी २२ वर्षीय महिलामा कोरोना संक्रमण देखिएको भरतपुर अस्पतालले जनाएको छ ।

यसैबीच अस्पतालको आकस्मिक कक्षमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना भाइरसको संक्रमण देखिएको हुँदा अस्पताल सिल गरिएको छ ।

अस्पतालले सूचना जारी गर्दै विहीबार साँझ ८ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि अस्पताल सिल गरिएको जानकारी दिएको छ ।

यस्तो छ सूचना-

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहीबार  १० : ४३ बजे

फिल्म ‘कालकट्टी’ र ‘काकाको बिहे’ बनाउने रघुनाथको घोषणा

काठमाडौं – रङ्ग पत्रकारसमेत रहेका रघुनाथ सापकोटाले दुई फिल्म निर्माणको

जुनारखेती : कम मेहेनतमा मनग्य आम्दानी

रामेछाप– रामेछापका युवाहरू वैदेशिक रोजगारी छाडेर जुनारखेतीतर्फ आकर्षित भएका छन्

इलामबाट नेम्वाङ र कागते एमालेका उम्मेदवार

मङ्गलबारे– प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिएसँगै नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले दुवै निर्वाचन

बाजुरामा आगलागी हुँदा एउटा घर नष्ट

बाजुरा– जिल्लाको गौमुल गाउँपालिकामा आज बिहान ६ बजे एक घरमा आगलागी

झापामा माटोको अम्लीयपन बिग्रँदै

बनियानी– झापाको माटोमा अम्लीयपन बढ्दै गएको छ । माटोमा प्राङ्गारिक पदार्थ,