करणीका घटनामा अधिकांश छिमेकी र आफन्त संलग्न « Khabarhub

करणीका घटनामा अधिकांश छिमेकी र आफन्त संलग्न


२८ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जबर्जस्ती करणीका घटना अधिकांश आफन्त र छिमेकीबाट हुने गरेको पाइएको छ । जिल्लामा आएका करणीका उजुरीमा आफन्त र छिमेकी संलग्न भएको बढी आउने गरेको बताइएको छ ।

गत आर्थिक वर्षमा जिल्लामा भएका १४ जबर्जस्ती करणीका घटनामध्ये सबै आफन्त, छिमेकी र चिनेजानेकाबाट भएको देखिएको हो ।

जिल्ला प्रहरी कार्यालयमा गत आर्थिक वर्षमा दर्ता भएका १४ जबर्जस्ती करणीका उजूरीमध्ये नौ वटामा छिमेकी संलग्न भएको पाइएको छ ।

यसै गरी एउटा घटना दाजुले बहिनीलाई, एउटा फुपाजूले भदैलाई, एउटा घटना काकाले भतिजीलाई, एउटा घटना छोराले आमालाई र एउटा घटनामा अलिक टाढाको आफन्तले जबर्जस्ती गरेको देखिएको छ ।

घटनामा नातागोता, छिमेकी र परिचित व्यक्ति संलग्न हुने भएकाले पक्राउ गर्न सहज हुने गरेको प्रहरीले बताएको छ । चिनेजानेका व्यक्तिले करणी गर्दा पीडितलाई किटानी उजूरी दिन र प्रहरीलाई दोषी पक्राउ गर्न सहज हुने गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता शङ्कर खड्काले बताए ।

यस्ता घटनामा संलग्न भएको उजूरी पर्नासाथ प्रहरी अभियुक्त पक्राउ गर्न सफल भएको जनाइएको छ ।

चिनेजानेकाबाटै करणी भएका घटनामा निर्दोष फस्ने सम्भावना कम हुने उनले बताए । आफन्त र चिनेजानेकाबाट हुने करणीका कारण धेरै घटना गाउँघरमै मिलापत्रमा टुङ्ग्याउने गरेको पनि पाइएको छ । क्षमा दिन नमिल्ने र लुकाउनै नमिल्ने भएपछि मात्रै पीडित न्यायका लागि अड्डाअदालत धाउने गरेको महिला मानव अधिकार रक्षक सञ्जाल रोल्पाका अध्यक्ष तीर्था आचार्य बताउँछन् ।

जिल्लामा जबर्जस्तीका घटना वर्षेनी बढ्न थालेका छन । आव २०७२/०७३ मा दुई जबर्जस्ती करणी र एक जबर्जस्ती करणी उद्योगमा उजूरी दर्ता भएको प्रहरीको तथ्याङ्क छ ।

यस्तै आव २०७५/०७६ मा जबर्जस्ती करणी र जबर्जस्ती करणीको उद्योग क्रमशः आठ र एक वटा भएको देखिन्छ । गत आवमा करणीका घटनामा वृद्धि भएको देखिन्छ । गत आवमा १४ जबर्जस्ती करणी र एउटा करणी उद्योगको मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कोरोना संक्रमणसँगै लामो समयसम्म भएको लकडाउनका कारण अघिल्लो वर्ष महिला हिंसाका अधिकांश घटना बढ्ने क्रममा जबर्जस्ती करणीका घटनासमेत बढेको देखिन्छ । लकडाउनले सामाजिक सचेचीकरणका कार्यक्रम गर्न नपाउँदा पनि अघिल्लो वर्ष महिला हिंसाका घटना अलिक बढी देखिएको जिल्ला प्रहरी प्रवक्ता खड्काले बताए ।

समाजमा शान्ति र अमनचयन कायम गर्न अहोरात्र खटिरहेको प्रहरीले महिला हिंसा न्यूनीकरणलाई प्राथमिता दिएको प्रवक्ता खड्काको भनाइ छ । अवस्था सहज हुनेबित्तिकै समुदाय तथा विद्यालयमा सचेतीकरणका कार्यक्रम लैजाने योजना बनाइएको समेत उनले बताए ।

प्रकाशित मिति : २८ भाद्र २०७७, आइतबार  ४ : ४५ बजे

युरोपमा किन बढ्यो गर्मी, अस्तव्यस्त जनजीवन

काठमाडौँ । युरोपमा दिनप्रतिदिन भीषण गर्मीले रेकर्ड तोडिरहेको छ। अत्यधिक

महाधिवेशनसँगै नयाँ र पुरानोको द्वन्द्व सकियो, गुट र उपगुट पनि अन्त्य भयो : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सभापति रवि लामिछानेले

अदालतका समाचार तथ्यपरक र सन्तुलित हुनुपर्छ: प्रधानन्यायाधीश शर्मा

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्यायिक विषयवस्तुसम्बन्धी

दुई दिनमा १८ लाख बराबरको ड्रागन फ्रुटको कारोबार

बागमती – हेटौँडामा जारी त्रिदिवसीय ड्रागन फ्रुट महोत्सवमा रु १८

रास्वपाको पदाधिकारीमा दलित, जनजाति र मधेसी समुदायको प्रतिनिधित्व शून्य

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनबाट नयाँ नेतृत्व