कुमारी बैंकद्वारा महेन्द्रनगरमा कोरोना रोकथामका लागि जनचेतना कार्यक्रम « Khabarhub

कुमारी बैंकद्वारा महेन्द्रनगरमा कोरोना रोकथामका लागि जनचेतना कार्यक्रम


२८ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कुमारी बैंक लिमिटेड सुदूरपश्चिमको महेन्द्रनगरमा कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण सम्बन्धी जनचेतना कार्यक्रम सञ्चालन गरेको छ ।

सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि बैंकले गत शुक्रबार महेन्द्रनगर बजारमा सामाजिक सचेतनामुलक कार्यक्रम गरेको हो ।

कार्यक्रममा बैंकका कंचनपुर शाखा, झलारी शाखा तथा चादनीदोधारा शाखाका कर्मचारीहरु समेतको पनि उपस्थिति रहेको थियो ।

बैंकको प्रादेशिक कार्यालयबाट विहान ९ बजे देखी सुरु भै चम्मन चौराहाबाट सब्जीमण्डी हुदै महेन्द्रनगर बजारको १ नं., २ नं. ३ नं. , ४ नं. र ५ नं. गल्ली परिक्रमा गरी बैंकको प्रादेशिक कार्यालयमा ११ बजे समापन भएको थियो ।

उक्त कार्यक्रममा बैंकले महेन्द्रनगर वजारमा मास्क लगाउन प्रेरित गरी मास्क नलगाई हिँडेका विभिन्न व्यक्तिहरुलाई १००० थान मास्क तथा १५० थान हयान्ड स्यानीटाईजर वितरण गरेको थियो ।

कार्यक्रममा कर्मचारीले मास्क प्रयोग गर्ने, सामाजिक दूरी कायम गर्ने, स्यानीेटाईजर प्रयोग गर्ने, भिडभाड नगर्ने तथा साबुन पानीले हात धुने जस्ता विविध सचेतनामूलक नारा लेखिएका व्यानर तथा प्ले–कार्ड बोकेका थिए ।

सुदुरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख दीपक खनालले कोभिड–१९ नियन्त्रण र रोकथामका लागि यो कार्यक्रम निकै उपयोगी हुने साथै आगामी दिनमा पनि सचेतनामूलक कार्यक्रमहरु जारी राख्ने जनाए ।

कुमारी बैंक लिमिटेडको सुदूरपश्चिम प्रदेशमा १९ वटा शाखा र ८ वटा ए.टी.एम. संचालनमा रहेका छन्  । देशभर १८६ शाखा, १३ एक्सटेन्सन काउन्टर, २२ शाखारहित बैंकिङ्ग सेवा र १०८ ए.टी.एम. संचालनमा रहेका छन् ।

बैंकले लकडाउनमा पनि सुरक्षाका उपायहरु अपनाई बैंकिङ्ग सेवाहरु दिँदै आएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७७, आइतबार  ४ : ०८ बजे

पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु

काबुल – पूर्वी अफगानिस्तानमा भारी वर्षापछि आएको आकस्मिक बाढीमा परी

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौं – भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

सिक्किममा हिमालयन इन्टरनेशनल अवार्ड–२०२६ सम्पन्न, दर्जनौं स्रष्टा र कलाकार सम्मानित

सिक्किम – नेपाली भाषा, साहित्य, कला, संगीत तथा संस्कृतिको संरक्षण,

विराटनगरमा आत्मदाह प्रयास गरेका युवकलाई प्रहरीले गर्‍यो सकुशल उद्धार

विराटनगर – विराटनगरमा आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका

धनुषा प्रहरीद्वारा एकै दिन ४४ फरार प्रतिवादी पक्राउ

जनकपुरधाम – जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट कैद तथा जरिवाना