कोरोनाको सङ्क्रमण बढ्दा कार्यालयका सेवा प्रभावित हुँदै | Khabarhub Khabarhub

कोरोनाको सङ्क्रमण बढ्दा कार्यालयका सेवा प्रभावित हुँदै


२७ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– पछिल्ला दिनमा कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण देखिन थालेपछि कैलाली जिल्लाका कतिपय कार्यालयका काम प्रभावित हुन थालेका छन् ।

कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि सोमबारबाट भूमिसुधार तथा मालपोत कार्यालय कैलालीको सेवा बन्द गरिएको छ । बन्दाबन्दी खुलेसँगै सो कार्यालयमा सेवाग्राहीको दैनिक भीड लाग्ने गरेको थियो । कोरोन सङ्क्रमणको जोखिम बढेपछि आगामी कात्तिक ३ गतेसम्म आन्तरिक प्रशासनिक कामबाहेक अन्य सबै काम बन्द गरिएको कार्यालयद्वारा प्रकाशित सूचनामा जनाइएको छ ।

कर्मचारीमा कोरोना देखिएपछि कृषि विकास बैंक बैंकिङ कार्यालय धनगढी शाखा पनि बन्द गर्नु्परेको थियो । यसैबीच सेती प्रादेशिक अस्पतालको कारोना प्रयोगशालामा कार्यरत एक महिला कर्मचारीमा समेत कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । सङ्क्रमित महिलाको स्वस्थ्य अवस्था समान्य रहेको र उनी आइसोलेसनमा बसेको अस्पतालले जनाएको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार सोमबार सुदूरपश्चिम प्रदेशमा थप ७४ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । योसँगै प्रदेशमा कूल सङ्क्रमितको सङ्ख्या आठ हजार १२४ पुगेका छन् । पछिल्ला दिनमा प्रदेशमा सक्रिय सङ्क्रमित बिरामीको सङ्ख्या बढ्दै गएका छन् ।

एक हप्ताअघि एक हजार ३५ सक्रिय सङ्क्रमित रहेकामा सोमबारसम्म यो सङ्ख्या एक हजार २११ पुगेका छन् ।

तोकिएका स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाई सर्वसाधारणको चहलपहल बढ्दै जाँदा कोरोनाको जोखिम पनि बढेको स्वास्थ्यकर्मीको भनाइ छ । सङ्क्रमण भई होम आइसोलेसनमा बस्नेबाट स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन भइरहेको कमीकमजोरीका कारणले पनि सङ्क्रमण फैलिँदै गएको बताइएको छ ।

चाडपर्व नजिकिँदै जाँदा पछिल्ला दिनमा बजार क्षेत्रमा किनमेल गर्न आउने सर्वसाधारणको भीड बढ्दै जाँदा कोरोनाको जोखिम थप बढ्ने देखिएको छ । कोरोना सङ्क्रमणबाट हालसम्म प्रदेशको कैलाली जिल्लाका १०, अछाम, बझाङ र बाजुराका दुई/दुई तथा कञ्चनपर, डडेलधुरा र बैतडीका एक/एक गरी १९ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलबार  १ : १५ बजे

रुसले हवाई क्षेत्रको उल्लङ्घन तुरुन्त रोक्नुपर्छ : नाटो

एजेन्सी– नाटोले पूर्वी युरोपमा भइरहेका हवाई क्षेत्र उल्लङ्घनप्रति गम्भीर चिन्ता

रेडियो नेपालको विरासत कायम राख्दै प्रतिस्पर्धी बन्न सञ्चारमन्त्री खरेलको निर्देशन

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आज सार्वजनिक सेवा

अपहरणपछि हत्या प्रकरण : अनुसन्धानको लागि आठजना प्रहरी नियन्त्रणमा

सिरहा– यहाँको गोलबजार नगरपालिका–१३ का १६ वर्षीय अभिषेक महतोको अपहरणपछि

अब बदलिनेले नेतृत्व र नबदलिनेले बिदा लिन्छन् : महामन्त्री शर्मा

झापा– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ‘जेन-जी’ को भावना र