व्यावसायिक आचारसंहिताको पूर्ण पालना गर्न अपिल | Khabarhub Khabarhub

व्यावसायिक आचारसंहिताको पूर्ण पालना गर्न अपिल


२७ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले व्यावसायिक आचारसंहिताको पूर्ण पालना गर्न व्यवसायीहरुसँग अपिल गरेको छ ।

कोरोना महामारी चलिरहेका बेला कतिपय व्यवसायीहरुले म्याद गुज्रेका वस्तु बजारमा विक्रिवितरण गरेको जानकारी आएको भन्दै महासंघले आचारसंहिता पालना गर्न व्यवसायीहरुलाई आग्रह गरेको हो ।

महासंघले आज विज्ञप्ति जारी गर्दै भनेको छ, ‘कहिल्यै र कहीकतैबाट जनताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएका विषयमा लापरबाही हुनुहुँदैन । कसैलाई पनि जनताको प्रत्यक्ष स्वास्थ्यसँग खेलवाड हुने र प्रचलित कानून विपरित कार्य गर्ने छुट छैन ।’

व्यावसायिक आचारसंतिहविपरित काम गरे कानूनअनुसारको दण्ड व्यहोर्नुपर्नेतर्फ सचेत हुन महासंघले आग्रह गरेको छ ।

महासंघले चाडपर्वलक्षित अनुगमन मात्र नभएर वर्षैभरी अनुगमन गर्न समेत सरकारसँग माग गरेको छ ।

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलबार  ५ : ५१ बजे

हजारौं कर्मचारी कटौती गर्ने योजनामा चिनियाँ प्राविधिक कम्पनी

चीन । चिनियाँ प्रविधिको क्षेत्रमा संकट देखिएको छ । प्रविधिको

प्रथम महिला सचिव चन्द्रकला किरणको निधन

काठमाडौं – नेपालकी प्रथम महिला सचिव चन्द्रकला किरणको ९४ वर्षको

बुरुन्डीमा बाढीबाट २९ को मृत्यु

नैरोबी – गत वर्षको सेप्टेम्बरदेखि वर्षाको मौसम सुरु भएयता बुरुन्डीमा

रहेनन् प्यूठानका भेलुबाजे

प्यूठान – सामाजिक सञ्जालमा चर्चित प्यूठानका मिनबहादुर बुढा ‘भेलुबाजे’को निधन

प्रदेश सरकार जनताका समस्याप्रति संवेदनशील छ : मुख्यमन्त्री यादव

सप्तरी – मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनताका समस्याप्रति प्रदेश