नेपाललाई असफल राष्ट्र बनाउने ‘षडयन्त्र’प्रति सचेत बनौं : मन्त्री गुरुङ « Khabarhub

नेपाललाई असफल राष्ट्र बनाउने ‘षडयन्त्र’प्रति सचेत बनौं : मन्त्री गुरुङ


२८ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री पावर्त गुरुङले नेपाललाई असफल राष्ट्र बनाउने षडयन्त्र भइरहेको भन्दै सवै सचेत हुनुपर्ने बताएका छन् ।

नेपाल हस्तकला महासंघले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री गुरुङले राजनीतिक स्थीरतातर्फ मुलुक अघि बढ्दा केही तत्वहरुले अस्थीरता फैलाई नेपाललाई असफल राष्ट्र बनाउने षडयन्त्र भइरहेको बताएका हुन् ।

उनले राजनीतिक पार्टीहरु र नेताहरुकाबीचको असन्तुष्टिले मुलुक अस्थीरतातर्फ जाने खतरा पैदा हुने धारणा राखे ।

पार्टीको सरकार टिकाउने भन्ने कुरा ‘प्रधान’भन्दा पनि मुलुकलाई समृद्धितर्फ लाने कुरा प्रमुख भएको उहाको भनाइ थियो ।

मन्त्री गुरुङले नेपाली जनताको आर्थिक रुपान्तरणको सपना पूरा हुन राजनीतिक स्थायित्व र दिगो सरकार आवश्यक हुने बताए ।

कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २८ मंसिर २०७७, आइतबार  ६ : ४५ बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको