नेपाललाई असफल राष्ट्र बनाउने 'षडयन्त्र'प्रति सचेत बनौं : मन्त्री गुरुङ | Khabarhub Khabarhub

नेपाललाई असफल राष्ट्र बनाउने ‘षडयन्त्र’प्रति सचेत बनौं : मन्त्री गुरुङ


२८ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री पावर्त गुरुङले नेपाललाई असफल राष्ट्र बनाउने षडयन्त्र भइरहेको भन्दै सवै सचेत हुनुपर्ने बताएका छन् ।

नेपाल हस्तकला महासंघले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री गुरुङले राजनीतिक स्थीरतातर्फ मुलुक अघि बढ्दा केही तत्वहरुले अस्थीरता फैलाई नेपाललाई असफल राष्ट्र बनाउने षडयन्त्र भइरहेको बताएका हुन् ।

उनले राजनीतिक पार्टीहरु र नेताहरुकाबीचको असन्तुष्टिले मुलुक अस्थीरतातर्फ जाने खतरा पैदा हुने धारणा राखे ।

पार्टीको सरकार टिकाउने भन्ने कुरा ‘प्रधान’भन्दा पनि मुलुकलाई समृद्धितर्फ लाने कुरा प्रमुख भएको उहाको भनाइ थियो ।

मन्त्री गुरुङले नेपाली जनताको आर्थिक रुपान्तरणको सपना पूरा हुन राजनीतिक स्थायित्व र दिगो सरकार आवश्यक हुने बताए ।

कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २८ मंसिर २०७७, आइतबार  ६ : ४५ बजे

करेण्ट लागेर गुल्मीमा एक युवकको मृत्यु

गुल्मी– गुल्मीमा करेण्ट लागेर एक युवकको मृत्यु भएको छ ।

फ्रान्समा सार्वजनिक स्थानमा धूम्रपान प्रतिबन्ध

एजेन्सी– फ्रान्सले आगामी आइतबारदेखि समुद्री किनार, पार्क, सार्वजनिक बगैँचा तथा

नेत्रज्योति सङ्घद्वारा विदेशमा पनि सेवा विस्तार

काठमाडौं–  नेपाल नेत्रज्योति सङ्घले मुलुकबाहिर आँखा सेवा उपलब्ध गराउन सुरुआत

विद्यार्थी र शिक्षकको मेहनतले एसईईको नतिजामा सुधार आएको हो : प्रधानमन्त्री 

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले माध्यमिक शिक्षा परीक्षा (एसईई)को

पार्टीभित्र स्वार्थ खोज्नेहरूको हिसाब किताब गरिन्छ : ओली

काठमाडौं – प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा